रायोको साग सेवनको १२ फाइदा, स्मरणशक्ति बढाउँने देखि क्यान्सरको नियन्त्रणसम्म

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १८ । रायोको साग स्वास्थ्यको लागि निकै नै फाईदाजनक हुन्छ । सागको सेवनबाट भिटामिन, प्रोटिन, आइरन र म्याग्नेसियम लगायतका शरिरलाई अत्यावश्यक तत्व प्राप्त हुन्छ । रायोको सागको फाईदा बुँदागत रुपमा निम्न रहेका छन् ।

  • रायोको सागबाट भिटामिन के ,ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री प्राप्त गर्न सकिन्छ ।
  • याे प्रोटिन, म्याग्नेसियम, आइरन, फस्फोरसलगायतका पोषण तत्वले पनि भरिपुर्ण हुन्छ ।
  • फाइबर स्वास्थ्यका लागि निकै महत्वपुर्ण मानिन्छ, जुन रायोको सागबाट प्राप्त गर्न सकिन्छ । यसले प्रदान गर्ने प्यान्टोेथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्वले सधैँ स्वस्थ रहन मद्दत पुर्याउँछ ।
  • रायोको सागलाई मस्टर्ड ग्रिन्सको नामले पनि चिनिन्छ । यो विश्वमै बढी स्वस्थकर तरकारीमा पर्ने गर्छ । यो विश्वमा उपलब्ध तरकारीमध्य दोस्रो बढी पोषणयुक्तमा पर्छ । जसले शरीरलार्य पुर्ण रुपमा स्वस्थ राख्न मद्दत पुर्याउँछ। यसलाई पकाएर, काँचै सलादका रुपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । बढी मात्रामा पकाउँदा भने यसमा भएको पोषण तत्व घटेर जाने सम्भावन हुन्छ ।

जोर्नी र हड्डी बलियो बनाउँछ
रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो ।

महिनावारीमा राहत दिन्छ
रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।

शरीरका विकार फाल्छ
रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।

स्मरणशक्ति बढाउँछ
उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

आँखा तेजिलो बनाउँछ
रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

मुटु बलियो बनाउँछ

मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।

क्यान्सरबाट जोगाउँछ
रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

डन्डीफोर कम गर्छ
रायोको सागमा पाइने तत्वले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ ।

गर्भवतीलाई लाभ गर्छ
गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।

रुघाखोकीबाट जोगाउँछ
रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

पत्थरी हुन दिँदैन
पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।

बाथका रोगीलाई राहत दिन्छ
रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ । नयाँ पत्रिकाबाट

TATA ADD

सिफारिस