काठमाडौं, कार्तिक १८ । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग पीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा अहिले पारस खड्काको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको हुलास काठमाडौं रोयल्सले प्रतिष्पर्धा गरिरहेका छन् । फाइनल प्रवेशको लागि एलिमिनेटर (प्ले अफ) खेल मा अहिले यी दुई टीमबीच प्रतिष्पर्धा भैरहेको हो । खेलको विजेता टोलीले फाइनल यात्रा तय गर्नेछन् ।
पहिलो चरण रोमान्चक बनेको पीपीएलमा चितवन लिगको दोस्रो र काठमाडौं तेस्रो हुँदै प्ले अफमा छनोट भएको हो । लिगको पहिलो चरणको पाँच खेलमा ३ जित र २ हारसहित चितवन र काठमाडौंले समान ६÷६ अंक जोडेका थिए । तर, नेट रन रेटको आधारमा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहेको थियो ।
विजेताले पर्सी मंगलबार हुने फाइनलमा घरेलु टोली पोखरा पल्टनसंग खेल्नेछ । पोखरा ५ खेलबाट ३ जित र २ हारसहित ६ अंक जोडेपनि शीर्ष स्थानमा रहदै फाइनलमा पुगिसकेको छ । चितवन र काठमाडौंलाई नेट रन रेटमा पछि पार्दै पोखराले फाइनलमा स्थान बनाएको हो । पीपीएलमा शीर्ष टोलीले सिधै फाइनल खेल्ने र तेस्रो तथा चौथो टोलीले फाइनल प्रवेशका लागि प्ले अफ खेल्नुपर्ने नियम रहेको छ । हेर्नुहोस् लाईभः