सुर्खेत, कार्तिक २० । प्रहरीले पाँच लाख ४८ हजार रुपैयाँ नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाबाट पाँच लाख ४७ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक अपराधसम्बन्धी चेतनामूलक कार्यक्रम गाउँबस्ती र टोलटोलमा सञ्चालन गरिरहेको छ ।