काठमाडौँ, कात्तिक २१ । मोबाइलको प्रयोगले सुविधासंगै समस्या पनि निम्त्याएको छ । मोबाईल सेटबाट निस्कने रेडिएसनले स्वास्थ्यलाई असर पुर्याइरहेको बेज्ञानिकहरुको निष्कर्श छ । यस्तो असरबाट बँच्न सकिन्छ भन्ने विषयमा कैयौँ अध्ययन र अनुसन्धान भएका छन् । तर, स्पष्ट जवाफ अझै आएको छैन ।
मोबाइलको रेडिएशन एक्स–रे र परावैजनी विकिरणको तुलनामा कम शक्तिशाली हुन्छ । एक्स रे र परावैजनी विकिरणले हाम्रो डिएनएमा भएका रासायनिक बन्डलाई फुटाउने क्षमता राख्दछन् । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार मोबाइलबाट निस्कने विकिरणले हाम्रो डिएनएमै परिवर्तन ल्याउन चाहिँ सक्दैन त्यसैले मोबाइलबाट निस्कने विकिरणले क्यान्सरजस्तो रोग उत्पन्न गराउँदछ भनिहाल्न मिल्दैन । तर, कुन फोनबाट कति रेडिएसन निस्कन्छ भनेर पत्ता लगाउन एसआरको मापदण्ड बनाईएको छ । यसको आधारमा मानव शरिरमा पर्ने असरबारे थाहा पाउन सकिन्छ ।
विश्वभर मोवाइलको प्रयोग र क्यान्सरको सम्व्न्धमा अनुसन्धानहरु भइरहेका छन् । यसमा विभिन्न खाले मत आउने गर्दछ । केही अध्ययनले मोबाइल फोनले उत्सर्जित गर्ने रेडियो फ्रिक्वेन्सी र निश्चित स्वास्थ्य समस्या ब्रेन ट्यूमरबिच सम्बन्ध नपाइएको बताएका छन् भने केही अध्ययनले सिधा सम्वन्ध रहेको बताउँछन् । रेडियो फ्रिक्वेन्सीले सामान्यतया फोनकल आउँदा बढी असर गर्ने भएकोले मोबाइल सकेसम्म टाउकोभन्दा टाढा राख्नुपर्दछ । लाउडस्पिकर अथवा एयरफोनको प्रयोगद्धारा पनि हामी रेडिएशनको असरबाट बँच्न सक्छौँ । नयाँ पत्रिका बाट