काठमाडौं, २३ कार्तिक । प्रधानमन्त्री केपी ओलीले बहिनी र भान्जीको हातबाट तिहारको टीका ग्रहण गरेका छन् ।
प्रधानमन्त्री ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिकी कोइराला तथा भान्जीहरु देविका शिवाकोटी र इन्दिरा शिवाकोटीको हातबाट १२ ः ४५ बजे भाइटीका लगाएका हुन्।
बिहनी र भान्जीहरुले प्रधानमन्त्रीको सरकारी निवास पुगेर भाइटीका लगाइ दिएका हुन। प्रधानमन्त्री पत्नी राधिका हमालले पनि प्रधानमन्त्री ओलीसँगै दिदीबहिनीहरुसँग टीका लगाएकी थिइन्।
टीका ग्रहणपछि दिदीबिहनीले दाजुभाईलाई सयपत्री तथा मखमली फूलको माला, मिठामिठा परिकारहरु उपहार दिएका छन् भने प्रधानमन्त्रीले पनि दिदीको निधारमा सप्तरङ्गी टीकाका साथै आकर्षक उपहार दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा निकै रौनकता छाएको छ ।