पानी बिनाको दमकल आगो निभाउन पुगेपछि…

diyopost.com
Diyo post  सोमबार, कार्तिक २६, २०७५ | ८:०२:०५

बैतडी, कात्तिक २६ । बेतडीमा पानीबिनाको दमकल राखिने गरिएको पाइएको छ । पाटन नगरपालिका ४ बस्ती जोलबाँजमा आईतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको छ ।

स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।

आईतबार बिहान साढे ४ बजे घरपरिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए ।, सोमबारको नेपाल समाचारपत्रमा खबर छ ।

सम्बन्धित खबर