सेनाको हेलिकप्टर चढेर तातोपानीमा रमाउदै प्रचण्ड र वादल (फाेटाेसहित)

diyopost.com
Diyo post  सोमबार, कार्तिक २६, २०७५ | १९:५२:१४

काठमाडौँ, कात्तिक २६ । पार्टी एकीकरणको राप र तापमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृह मन्त्री रामबहादुर थापा वादलले तातोपानीमा नुहाएर मन शान्त बनाएका छन् । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्न प्रचण्ड परिवार सहित गृह मन्त्री वादल पनि पुगेका हुन् ।

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डमा नुहाउन प्रचण्ड धर्मपत्नी सीता दाहाल, र छोरी गंगा दाहालसहित पुगेका थिए । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा स्थापना भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको उदघाटन गर्न प्रचण्ड र वादल म्याग्दी पुगेका थिए ।

नेपाली सेनाको हेलिकप्टरमार्फत म्याग्दी आएका प्रचण्डको भ्रमण नितान्त पारिवारिक र आरामका लागि भएको प्रचण्डको सचिवालयले बताएको छ । पत्नीसहित तातोपानी कुण्डमा डुबुल्की मार्न पुगेका प्रचण्डले जिल्लाका नेता कार्यकर्ताहरुसँग भेट गरेका थिए ।

सम्बन्धित खबर