सम्पत्ति शुद्धिकरण विभागमा उजुरीको चाङ, ९ सय जना विरुद्ध कालोधन थुपारेको मुद्दा !

दियो पोस्ट  

  प्रयास पराजुली

२८ कार्तिक, काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण विभागमा उजुरीको चाङ लागेको छ । कारले भ्रष्टचारमा शुन्य सहनसिलताको नीति अख्तियार गरेपनि गलत बाटोबाट सम्पत्ति आर्जन गर्नेको संख्या बढेसम्ग विभागमा पनि उजुरीको चाङ बढेको हो ।

सम्पत्ति शुद्धिकरण विभागमा अकुत सम्पत्ति कमाएको भन्दै ९ सय उजुरी परेको छ । विभागमा परेको उजुरीको आधारमा अनुसन्धान गर्दै विशेष अदालतमा मुद्दा जाहेर गर्दै आएको छ । सम्पत्ति शुद्धिकरणको बारेमा छानबिन गर्ने नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको फानान्सियल इनर्भर मेसन युनिट (एफआइयु) दिने सूचना र तथ्यको आधारमा मात्र विभागले मुद्दाको प्रक्रिया अगाडि बढाउने गरेको छ ।

सम्पत्ति शुद्धिकरण विभागका सूचना अधिकारी विनोद लामेछानेले विभागमा अहिलेसम्म ९ सय उजुरी परेको बताए । उनले दियोपोष्टसँग भने,‘उजुरीमाथि छानबिन र अनुसन्धान गर्ने काम विभागबाटै हुँदै आएको छ, प्रमाण जुटेको अवस्थामा विशेष अदालतमा मुद्दा पनि जाहेर गछौं ।’ सूचना अधिकारी लामेछानेका अनुसार विभागले विशेष अदालतमा जाहेर गरेको मुद्दा अन्तर्गत २७ वटामा २३ वटा मुद्दामा जित हात पारेको छ ।

लामेछालने भने,‘सम्पत्ति शुद्धिकरणको उजुरीको काममा विभागको भुमिका दस प्रतिशत मात्र हो, बाँकी नियमक निकाले गर्ने हो । वित्ति संस्थाहरुले कुनै पनि व्यक्तिको सम्पत्तिको बारेमा आशका भएको अवस्थामा तत्काल एफआइयुलाई जानकारी दिनुपर्ने कानुनी प्रावधान रहेको छ । बैकं तथा वृत्तिय संस्था, नेपाल धितो पत्र बोर्ड, बीमा समिति लगायतको निकायमा हुने कारोबारको आधारमा नै अवैध सम्पत्ति आर्जन गरेको हो कि होइन भन्ने विषयमा विभागले अनुसन्धान गर्ने गर्छ ।

सूचना अधिकारी लामेछानेले व्यक्तिगत रिसिइजी साध्नको लागि पनि विभागमा उजुरी पर्ने गरेको बताउदै त्यस्ता उजुरी दिनेहरुलाई थोरै मात्र सजाय गर्ने कानुनी व्यवस्था रहेको बताए । कतिपय उजुरी बेनामे पर्ने र तथ्य र प्रमाण नभेटिने गरेको बताउदै उनले उजुरी दिनेले यथेष्ट प्रमाण नदिदा अनुसन्धानमा समस्या हुने गरेको बताए ।