महानगरका प्रमुख विद्यासुन्दरको यस्तो जंगे शैली !

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पनि नीति नियम विपरीत आफूलाई जंगवहादुर शैलीमा उभ्याउन थालेका छन् । विगतका नगरप्रमुखहरूकै बिंडो थाम्न थालेका छन् उनले । महानगरलाई जुन गतिमा अगाडि बढाउनु पर्ने हो सो गतिमा अगाडि बढाउनुको सट्टा नियमविपरीत गोप्य नियुक्ति गर्दै महानगरबासीले तिरेको रकम सिध्याउने तरखरमा देखिएका छन् ।

महानगर प्रमुख यो वा त्यो नाममा व्यक्ति व्यक्ति नियुक्ति गर्न थालेका छन् । काम न काजसँग सल्लाहकार विज्ञ नियुक्ति गरिरहेका शाक्यले महानगरको विकास भन्दा पनि अव आफ्नै विकास तर्फ लागेका छन् । विगतका प्रमुखहरूले के गरेका थिए र मैले गर्नु प¥यो भन्दै उनीहरू कै भ्रष्ट शैलीमा देखिएका छन् । संघीय संरचनामा मुलुक अघि बढिसकेको अवस्थामा लोकसेवाले करार सेवामा कर्मचारी लिन नपाउने बताइएरहेका बेला प्रमुख शाक्य अहिले गोप्यरुपमा धमाधम विज्ञका नाममा नियुक्ति दिंदैछन् ।

काठमाडौं महानगरपालिको शहरी योजना आयोगमा शाक्यले दर्जनौ नियुक्ति दिलाएको स्रोत बताउछ । शहरी योजना विज्ञ भन्दै सरोज बस्नेतलाई नियुक्ति गरेका छन् । उनीसँग  दर्जनौ व्यक्ति अहिले महानगरको योजना आयोगमा जागिर खाँदैछन् । हुन त उनको मातृ पार्टीले उनलाई कति जना नियुक्ति गर्न सिफारिस वा निर्देशन दिएको छ सोही अनुरुप नियुक्ति दिएको पनि हुन सक्ला तर अनावश्यक व्यक्तिहरूलाई नियुक्ति गराउँदै महानगरवासीले तिरेको करमा लुट मच्चाउने काममा प्रमुख शाक्य क्रियाशील रहेको भने देखिन्छ ।

त्यतिमात्र होइन, मेयर शाक्यको जनसम्पर्क तथा प्रेस सल्लाहकारका वरिष्ठ पत्रकार राजेन्द्र स्थापित शुरुदेखि नै काम गर्दै आईरहेका छन् । उनलाई पार्टीले नै खटाएको भएपनि स्थापित हुँदाहुँदै थप तीन जना पत्रकारहरूलाई पनि प्रमुख शाक्यले सञ्चार विज्ञकारुपमा शाखा अधिकृत सरह तलव ख्वाउने गरी नियुक्ति दिएको स्रँेत बताउछ ।

राजनीतिकरुपमा नै नियुक्ति भएका स्थापित हुँदाहुँदै थप सञ्चार विज्ञकारुपमा किन थप जनशक्ति राखेको महानगर प्रशासन प्रमुखसँग रुष्ट देखिएका छन् । सो विषयमा जनसम्पर्क सल्लाहकार राजेन्द्र स्थापितसँग सम्पर्क गर्ने प्रयास गर्दा उनले फोन उठाएनन् । अहिले लाखौं रुपैयाँ भाडा तिरेर शहरी योजना आयोगको कार्यालय खडा गरिएको छ । अनावश्यकरुपमा कर्मचारीहरू नियुक्ति गर्ने काम भएको देखिन्छ । भोलि स्वास्थ्यविज्ञ, वातावरणविज्ञ भन्दै नियुक्ति गर्ने थालियो भने महानगर टाट पल्टिने कति बेर लाग्ला र ? (साँघु साप्ताहिक मंसिर ३)

TATA ADD

सिफारिस