सेनाभित्र शैक्षिक ‘प्रमाण पत्रकाण्ड’ : आफ्नो मान्छे सेनापति बनाउन निर्दोष जर्नेललाई बलिको बोको’ !

दियो पोस्ट  

काठमाडौं, ८ मंसिर । प्रधानसेनापतिमा पूर्णचन्द्र थापाले सपथ खाएसँगै सेना भित्र यतिबेला शैक्षिक प्रमाण पत्र काण्डले हंगामा मच्चाएको छ ।

पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीको अवकास भएपछि नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त भए । गत भदौ २४ गते प्रधानसेनापतिको सपथ लिएका थापा रथीबाट महारथीमा बढुवा भएसँगै खाली भएको पद तीन महिना पुग्न लाग्दा समेत बढुवाको फाइल अगाडी बढाएका छैनन् । नेपाली सेनामा प्रधानसेनापतिपिछ, रथी दोस्रो वरियताको पद हो । सेनामा बलाधिकृत र बलाध्यक्ष गरी दुई वटा रथीको दरबन्दी रहेको छ । एक हप्तामा नियुक्त गरिसक्नु पर्ने रथीमा आफू अनुकुल व्यक्ति ल्याउने कसरतमा थापा नै लागेपछि यतिबेला सेना भित्र निराशा उत्पन्न भएको छ ।

नेपाल नियम संग्रह खण्ड ५ ख २०७४ को पेज १ सय ३१ मा ‘नेपाली सेनाको कुनै पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको ७ दिनभित्र सम्वन्धित कार्यालयले अधिकृतको हकमा सैनिक सचिव विभाग र अन्य दर्जाको हकमा कार्यरथी विभागमा पदपूर्तिका लागि पठाउनुपर्ने’ उल्लेख छ । तर सेनापति थापा भने आफू बढुवा भएको ७५ दिनसम्म मौन बसिदिएपछि एक भावि जर्नेलमाथि भने ‘कू’ हुने खतरा बढेको छ ।

बरियताका आधारमा बढुवा हुने सेनाको परम्परामाथि थापाले नै ‘ब्रेक’ लगाईदिएपछि हाल निरिक्षणाधिकृत रहेका उपरथी अनुज बहादुर बस्नेतको भविष्य अन्यौलमा परेको छ ।
चीनबाट एनडीसि कोर्ष गरेर नेपाल आएका उनलाई बढुवामा रोक्नका लागि सेना भित्रकै उच्च नेतृत्वले जंगीअड्डामा उजुरी गरेपछि उनको बढुवा रोकिएको बताइएको छ ।
तीन तारे जर्नेल अर्थात रथीमा बढुवा नभए बस्नेत उमेर हदले आगामी मंसिर २५ गते उपरथी बाटै अवकास पाउनेछन् । थापाले बढुवा प्रक्रिया रोकिँदिँदा उपरथीको वरियतामा दोस्रो नम्बरमा रहेका उपरथी शेखरसिंह बस्नेत मंसिर १ मै अवकास पाएका छन् । बढुवा प्रक्रिया रोकिदाँ सेनामा ठुलो हलचल मच्चिएको छ भने अहिले भएको रोलक्रम नै मिचिने तथा धेरै योग्य सैनिक अधिकारीमाथी अन्याय हुने खतरा रहेको छ ।

अनुज बस्न्यातमाथि शैक्षिक प्रमाण पत्रको उजुरी !

बरियतामा १ नम्वरमा रहेका अनुज बस्नेतको रथी बढुवा हुने क्रममा प्रमाणपत्रको विवाद नियोजित रुपमा झिकिएको छ । उनलाई उपरथीमै रोक्न तथा आफू अनुकुलको ब्यक्तिलाई भोली प्रधानसेनापति बनाउन खेल अहिलेबाटै सुरु भएको र प्रधानसेनापति थापाले यसको नेतृत्व गरेको एक पूर्व प्रधानसेनापतिले दियोपोष्टलाई बताए । यदि त्यसो थिएन भने यसअघि उपरथीमा म्याद थप हुदाँ मन्त्रिपरिषदले गरेको निर्णयलाई आधार मान्न के ले रोक्यो, प्रश्न गम्भिर छ ।


सुरुमा बस्नेतलाई एनडिसी कोर्स नगरेको आरोप लगाइयो तर उनले नेपाल र चीनबाट गरेको प्रमाण पेश गरेपछी अहिले शैक्षिक प्रमाणपत्रको विवादमा तान्ने प्रयास भएको उनी निकट स्रोतको दाबी छ । उनीमाथि डिप्लोमाको परिक्षा अनलाईनबाटै दिएको भन्ने आरोप लगाइएको छ । यछद्धपी उनले पाएको शैक्षिक प्रमाण पत्र दियोपोस्टले फेला पारेको छ ।

उनले त्रिभूवन विश्व विद्यालयबाटै स्नातक तह उत्तिर्ण गरेको शैक्षीक प्रमाण पत्र दियोपोस्टले फेला पारेको छ । त्यसो त उनको शैक्षिक प्रमाण पत्र छानबीन गर्न उजुरी परेकै २ महिना वितिसकेपनि अहिलेसम्म अनिर्णित छ ।

त्यतिमात्रै होइन जन्ममिति र स्नातक तहको प्रमाणपत्र तथा सञ्चयकोषमा पेश गरेको कागजपत्र विवादित रहेको भन्दै उजुरी समेत परेको बताइएको छ । यद्धपी दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार एसएलसीदेखि स्नातकसम्म तथा नागरिकता देखि जागीर प्रवेश गरेको प्रमाणपत्र हेर्दा बस्नेतको परिचयमा कुनै खोट देखिएको छैन ।

 

स्रोतका अनुसार बस्नेतलाई बढुवा नगर्न प्रधानसेनापति थापादेखि केही रक्षाका अधिकारी समेत लागेका छन्। बस्नेतको बढुवा नभए अहिलेका गुप्तचर प्रमुख उपरथी देव सुवेदी रथी हुनेछन् । सुवेदी तीन तारे भएको अवस्थामा उमेर हदका कारण धेरै समय पदमा रहने छैनन् । उनीपछि वरियतामा उपरथी शरद गिरी छन् । उनी तीन तारे बन्नका लागि लविङमा तीव्र रुपमा लागिरहेका छन् । तर बस्नेतको बढुवा भए हालका युध्दकार्य महानिर्देशक उपरथी प्रमुराम शर्मा भावि सेनापति हुनेछन् । तर बस्नेतको बढुवा नभए सेनापतिको रोलक्रम नै विग्रने अवस्था छ । तीन तारेमा सुवेदी वा गिरी दुवैमध्ये एक हुंदा उनीहरुको पनि अवकासमा छिट्टै जाने र त्यो अवस्थामा उपरथी शर्मा रथीमा बढुवा हुनेछन् ।

रथीमा छिट्टै शर्मा बढुवा भए उनी तीन तारे जर्नेलबाटै अवकास हुन्छन भने त्यसपछि उपरथीहरु ईश्वर हमाल र समिर शाही प्रधानसेनापति बन्ने बाटोमा रहनेछन् । सेनामा अहिले रथीको बढुवाको पछाडी थुप्रै खेलहरु भैरहेको स्रोतले जनाएको छ । सेनामा सुधार गर्ने उद्घोष गरेका थापाले सेनामा रोलक्रम विगारे वा अहिले बढुवाको लाइनमा रहेका सैनिक अधिकारीलाई अन्याय गरे आफू अनुकुल व्यक्ति त ल्याउन सक्लान, तर यसको दोष भोलीसम्म थापाले लिनुपर्ने हुन्छ । यसबारे सम्वन्धित रक्षा मन्त्रालय समेत कानमा तेल हालेर बस्नु लजास्पद तथा संशयका साथ हेर्न थालिएको छ ।

TATA ADD