राणा परिवारकी बुहारीले चोरी गर्दै गरेको भिडियो प्रमाण (सिसिटिभी फुटेज)

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंको एक राणा घरानाकी बुहारी सैलेशा बास्कोटाले करोडौंको गरगहना चोरी गर्र्दै गरेको भिडियो सार्वजनिक भएको छ । सिसिटिभी फुटेजमा उनले एक महिलाको सहयोगमा झोला र सटकेश बोकेर बाहिरिएको स्पष्ट देख्न सकिन्छ ।
उनले करोडौंको गरगहना मात्र नभई नगद रकम समेत चोरी गरेको भन्दै उनका श्रीमान सुमेर शम्शेर जबराले जाहेरी दिएका छन् ।

महानगरीय प्रहरी बृत्त गौशलामा दर्ता भएको जाहेरी अनुसार जबराले बस्कोटविरुद्ध चोरीको प्रमाण सिसिटिभी फूटेज समेत बुझाएका छन् ।

चोरीको आरोप लागेकी बास्कोटा कुनै समय नक्कली अर्बपति बनेर मिडियामा छाएका रशेन्द्र भट्टराईकी नातिनी हुन् ।
यो घटना विगत २ हप्ता अघि अर्थात गत मंसिर १ गते बत्तिस पुतलीस्थित कञ्चन निवासको हो ।

बास्कोटाले एक करोड ७० लाख रुपैयाँ पर्ने गरगहना र लुगा फाटा चोरी गरेको जाहेरीमा उल्लेख छ । जाहेरी अनुसार उक्त गहना बास्कोटाले दुई हप्ता भित्र अलि अलि गर्दै श्रीमानको घरबाट आफ्नो माइती बालुवाटारमा जम्मा गर्दै आएकी थिइन् । अहिले उनी अमेरिका रहेको आशंका गरिएको छ ।

हेर्नुस् सिसिटिभी फुटेज  भिडियोमा देखिएको दृश्य

सम्बन्धित समाचार 

राणा घरानाकी बुहारीमाथि १ करोड ७० लाखको गहना चोरीको आरोप, प्रमाण सहित जाहेरी !

सम्बन्धित खबर

सिफारिस