दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शेर्पा निर्वाचित

स्थानीय तह निर्वाचन

दियोपोस्ट संवाददाता  

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा लुंगेली मगर विजयी भएकी छन्।

सोमबार राति सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार उनी २ हजार ८०५ मत ल्याएर विजयी भएकी हुन्।

माओवादीकी निम लेकी शेर्पाले २६०० मत प्राप्त गरिन्।

मतगणनाको सुरूआतदेखि अग्रता लिँदै आएकी माओवादी उम्मेदवार निम लेकीलाई अन्तिम चरणतिर एमालेकी उमाले उछिनेकी थिइन्।
यहाँ कांग्रेसकी पासदिकी तामाङले १७२७ मत ल्याइन्। त्यस्तै राप्रपाकी मनकुमारी श्रेष्ठले ११८ र रास्वपाकी गोमा श्रेष्ठले सय मत ल्याइन्।