चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सको पहिलो जित

नेपाल प्रिमियर लिग

दियोपोस्ट संवाददाता  

काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।

शुक्रबारको पहिलो खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित निकालेको हो।

एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डुसँग ३ विकेटले हारेको थियो।

कर्णालीले पहिलो जित निकालेको दिन चितवन राइनोजले भने पहिलो हार व्यहोरेको छ। चितवनले पहिलो खेलमा काठमाण्डु गुर्खाजलाई ५ विकेटले हराएको थियो। दोस्रो पोखरालाई ८७ रनले हराएको थियो।