काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदुरपश्चिम रोयल्सबीच खेल सुरु भएको छ । एकअर्कासँग भिड्न लागेका
लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स दुवै टोलीले एक खेलाडी परिवर्तन गरेका छन्। लुम्बिनी यो तेस्रो खेलमा पहिलो जितको खोजीमा छ।
सुदूरपश्चिमले अघिल्लो खेलबाट रोहन मुस्तफाको स्थानमा वसन्त खत्रीलाई टोलीमा ल्याएको हो भने लुम्बिनीले आशुतोष घिरैयाको स्थानमा अर्जुन साउदलाई सुरुवाती ११ मा समेटेको छ।
सुदूरपश्चिम रोयल्सको टोलिबाट दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अविनाश बोहोरा, नरेन साउद, इशान पाण्डे, विनोद भण्डारी, नरेन बुढाएर, ब्रान्डोन म्याकमुलेन, सैफ जैव, स्कट कुग्लेजिन, वसन्त खत्री रहेका छन् ।
लुम्बिनी लायन्सबाट रोहित पौडेल (कप्तान), सन्दीप जोरा, विवेक यादव, अर्जुन साउद, सूर्य तामाङ, दुर्गेश गुप्ता, दिनेश अधिकारी, टोम मोरिस, साद विन जफर, उन्मुक्त चन्द, रामोन सिमोन्डस छन् ।
सुदूरपश्चिम भने लगातार तेस्रो जित हासिल गर्दै अपराजित यात्रा कायम राख्न चाहन्छ।