
काठमाडौं । नेपाली नागरिकलाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै करोडौँ ठगी गरेको अभियोगमा खुंखार हुण्डी कारोबारी तथा हाइड्रोपावर व्यापारी वच्चु पौडेल पक्राउ परेका छन् ।
पीडितहरुका अनुसार उनलाई काठमाडौंको कालिमाटी प्रहरीले पक्राउ गरेको हो । यद्धपी उनको पक्राउलाई गोप्य राखिएको छ ।२०८१ चैत्र ४ गते काठमाडौंको टोखामा बरामद भएको २५ करोड रुपैयाँका मालिक नारायण पौडेलका दाई बच्चुको यो ठगी धन्दाबाट पीडितहरुले वैदेशिक रोजगार विभागमा जाहेरी दिएका थिए ।
पीडितका अनुसार जाहेरवाला सुष्मा श्रेष्ठसमेत १५ जना पीडितले वैदेशिक रोजगार विभागमा अनिल दनाई र वच्चु पौडेल विरुद्ध जाहेरी दिएका थिए । पीडितहरुबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ । ईभास कन्सल्टेन्सीका मालिक रहेका पौडेललाई अपराध महासाखाले पक्राउ गरेको हुन सक्ने कालीमाटि प्रहरी बृत्त प्रमुख मधु कुमार थापाले बताए ।
पौडेलले विभिन्न युवा युवतीलाई अष्ट्रेलिया पठाइदिने बहानामा ठगी गरेको आरोप छ । २०८२ मंसिर २५ मा पौडेललाई पक्राउ गरि उपस्थित गराइदिन भन्दै वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।