एनआईसी एशिया बैंकमा सेटिङमा धितो मुल्यांकन गरेर ऋण दिने गरेको खुलाशा, सर्वसाधरणको बचत असुरक्षित

दियोपोस्ट संवाददाता

काठमाडौं — एनआईसी एशिया बैंकको वित्तीय स्वास्थ्य पछिल्ला वर्षहरूमा निरन्तर ओरालो लाग्ने क्रममा छ । नेपाल राष्ट्र बैंकको बैंकिङ् अनुगमन प्रतिवेदन र सार्वजनिक वित्तीय सूचकहरूको आधारमा बैंकको खराब कर्जा अनुपात बढेको छ । आन्तरिक व्यवस्थापनमा ठूला प्रश्नहरु उठेका छन् । आर्थिक वर्ष २०७९/८० मा करिब ३ अर्ब ५३ करोड रूपैयाँ नाफा कमाएको थियो । तर, २०८०/८१ मा नाफा ९२ प्रतिशतले घटेर करिब ७० करोड १४ लाखमा सीमित भएको बैंककै तथ्यहरुले देखाउँछ ।

 

चालु आर्थिक वर्षको मध्यावधिसम्म आइपुग्दा नाफा १६ करोड १६ लाख रूपैयाँको हाराहारीमा झरेको छ । नाफामा आएको यो तीव्र गिरावटको प्रमुख कारण बैंक भित्रको खराब नेतृत्व र राष्ट्र बैंकको नियामकीय भूमिका जिम्मेवार रहेको पाइएको छ ।

पछिल्लो तथ्यांक अनुसार बैंकको खराब कर्जा अनुपात ०.८८ प्रतिशतबाट बढेर ३.४५ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको मध्यावधिसम्म आइपुग्दा यो अनुपात ६.२८ प्रतिशतको तहमा पुगेको छ ।
राष्ट्र बैंककै सुपरिवेक्षण प्रतिवेदनका अनुसार धितो मुंल्यांकनमै सेटिङ गरेर ऋण दिएका कारण अहिले यो बैंकको खराब ऋण बढेको हो ।

CategoryBasisProvision % (Minimum)
PassLoans ≤ 3 months overdue1%*
Substandard3-6 months overdue25%*
Doubtful6-12 months overdue50%*
Loss> 12 months overdue100%*

 

बैंकमा कूल निक्षेप करिब २९४ अर्ब र कर्जा करिब २८० अर्बबाट घटेर २३३ अर्बको तहमा झरेको देखिन्छ । यो संकुचनले बैंकको व्यवसायिक वृद्धिदरमा गिरावट र तरलता व्यवस्थापनमा थप चुनौती थपिएको देखिन्छ ।

यस्तो गिरावट आउनुमा बैंककै उच्च अधिकारीहरुको व्यवस्थापन मुख्य जिम्मेवार रहेको स्रोतले बताएको छ । बैंकको मानव संसाधन कर्मचारी व्यवस्थापन समितिको संयोजक रहेका सहायक कार्यकारी अधिकृत राजेश रावल र अर्का विभागीय नेतृत्व नारायण नेपालको भूमिकामाथि प्रश्न उठेको छ । नेपालले बैंकको संचालन खर्च घटाउने योजना बनाएका थिए । सोही योजना अनुसार स्थायी कर्मचारीमाथि ज्यादती शुरु भएको छ । उनीहरुलाई अनावश्यक रुपमा दुर्गम जिल्लाका शाखाहरुमा पठाउने र जान नमाने राजिनामाका लागि दबाव दिने गरिएको छ ।

 

वित्तीय सूचक (NPR)FY 2022/23FY 2023/24FY 2024/25
Net Profit / (Loss)3,530 million701.4 million (audited)161.6 million (New Business Age)
Accumulated Losses—2,660 million~2,520 million (Mid-FY) (New Business Age)
NPL Ratio (%)0.88%3.45%6.28% (New Business Age)
Provisioning Total—3,880 million (with NRB directive)High provisioning driven by NPL rises (New Business Age)
Deposits——~294 billion (drop vs prior year) (Grokipedia)
Loans & Advances—~280 billion~233 billion (decline) (Grokipedia)
Net Interest Income—Stable~10.25 billion (slight drop) (Tech News Nepal |)
Earnings Per Share (EPS)——~1.08 (drop) (Tech News Nepal |)
Capital Adequacy Ratio (CAR)—~11.18%— (Grokipedia)

 

यसरी गरिएको अन्यायपूर्ण सरुवाको विरोध गर्नेहरुलाई स्पष्टिकरण सोध्ने र बर्खास्ती गर्ने काम गरिँदै आएको छ । यस्ता गतिविधिले बैंक भित्रको संगठनात्मक वातावरणमा मनोवैज्ञानिक दबाव र संस्थागत असन्तुष्टि बढ्दै गएको छ ।

बैंक जयन्द्र  रावल र नेपालसहित हलका प्रमुख कार्यकारी अधिकृत सीईओ सुजित कुमार शाक्य र सहायक प्रमुक कार्यकारी अधिकृत सन्तोष कुमार राठीको मिलेमतोमा विभिन्न राजनीतिक पहुँच भएका व्यक्ति, तीनका आफन्त लगायतलाई धितो मुल्यांकन बिना नै कर्जा प्रवाह गरिएको छ । यस्ता कर्जालाई रणनीतिक ग्राहकका रूपमा वर्गीकरण गर्ने अवधारणा आन्तरिक तहबाट अघि सारिएको दाबी छ, जसले खराब सम्पत्ति वृद्धि (कर्जा असुली हुन नसक्ने अवस्था) निम्त्याएको बैंक भित्रकै स्रोतको दाबी छ ।

 

IndicatorAs on Mid-Jan 2081Source
Loans & Advances (Rs million)~302,656NRB KFI Data (Nepal Central Bank)
Credit-Deposit (CD) Ratio (%)~76.86NRB KFI Data (Nepal Central Bank)
NPL % (Regulatory)~4.24-4.61NRB Supervision & Banking Stats (Nepal Central Bank)
Capital Adequacy (CAR)~11.02%NRB KFI Data (Nepal Central Bank)

 

राष्ट्र बैंकको जोखिम–आधारित अनुगमन प्रणालीले पनि बैंकिङ् क्षेत्रमा कर्जा गुणस्तर कमजोर हुँदा नाफा दबाब, जोखिम कोष वृद्धि, र पूँजी सुरक्षण अनुपातमा असर पर्ने स्पष्ट देखिन्छ । एनआईसी एशिया बैंकमा देखिएको खराब कर्जा वृद्धि, घट्दो नाफा, व्यवसायिक वृद्धिमा संकुचन र मानव संसाधन व्यवस्थापनमा उठेका विवादले बैंकको दीर्घकालीन स्थिरता र सार्वजनिक विश्वासमा असर पर्नसक्ने जोखिम संकेत गरेको छ ।

सीआइबीले हेनुपर्ने सुझाव

राष्ट्र बैंक विरुद्धको कसुरमा हाल प्रभु बैंकका सीईओ अशोक शेरचन सीआइबीको हिरासतमा छन् । शेरचन पक्राउपरेसँगै एनआइसी एशिया बैंकमाथि पनि सीआइबीले छानबीन गर्नुपर्ने दबाव बढेको छ । प्रभु बैंकको भन्दा ठूलो कर्जा अपचलन एनआईसी एशिया बैंकमा रहेको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् । तर, राष्ट्र बैंकमा कार्यरत दिर्घ रावलले आफ्ना मामा जयन्द्र रावल कार्यरत रहेको एनआईसी एशियामाथि संरक्षण गरेकै कारण यो बैंकमाथि राष्ट्र बैंकले समेत स्वस्थ छानबीन गर्न सकेको छैन ।

प्रयाेग भएका डाटा र थमनेल च्याटजेपिटीले तयार पारेकाे हाे ।

सम्बन्धित खबर