काठमाडौं, मंसिर १८ । विश्वलाई सूचनाको पहुँचबाट नजिक ल्याउने प्रविधिसँगै बढ्दो मागको फाईदा उठाउँदै नेपालमा भने नक्कली कम्पनी स्थापना गरेर सरकारसँग मूल्यबृद्धि कर(भ्याट) र करोडौं रुपैयाँ भन्सार छली गर्दै आएको पाईएको छ ।
सरकारको नजिक भएको र शक्तिको दुरुपयोग गर्दै पछिल्लो समयमा मोबाईल सेटकहरुको अत्याधिक मात्रामा आयात हने गरेको छ । तर नक्कली कम्पनी खडा गरेर मोबाइल सेट खरिद गरेको भन्दै सरकारसँग भ्याट फिर्ता लिएको समेत पाईएको छ ।
सो अवैध कार्यमा आफूलाई अब्बल व्यापारी भन्न रुचाउने विवादित व्यक्ति दिपककुमार मलहोत्राबाट सो काम हुँदै आएको एक उच्च स्रोतले नाम गोप्य राख्ने शर्तमा बताएको छ । स्रोतका अनुसार मलहोत्राले पछिल्लोपटक नक्कली कम्पनी देखाएर मोवाइल निर्यातमा लाग्ने भ्याट रकम फिर्ता लिने गरेको छ ।
केही वर्षअघि नेपालका लागि सामसुङ मोबाईलको आधिकारीक विक्रेताको रुपमा रहेका मलहोत्राको कम्पनीलाई हटाएर भारतमा रहेको कम्पनीलाई आधिकारिक विक्रेताको जिम्मेवारी पाएपछि उनले नक्कली कम्पनी देखाएर शतप्रतिशत करछली गरेको खुल्न आएको छ भने सरकारले भ्याट समायोजनको नीति परिवर्तन गरेपछि पनि मलहोत्राले नक्कली कम्पनी बनाएर आर्थिक अपराध गर्दै आएको आरोप स्रोतको रहेको छ ।
मंगलबारको आर्थिक दैनिकमा खबर छ ।