आइजिपी सर्वेन्द्र खनाल ‘हत्या’को सुपारी लिएर जब दुई व्यक्ति खनालको घरमा घुसे…..

दियो पोस्ट  

काठमाडौं । काठमाडौंमा अपराध जगतको एउटा भयानक कथा छ–अपराधीले कसलाई मात्र आँखा लगाउन बाँकी राख्छन् ?

पत्रकार तथा नागरिक अगुवा कनकमणि दीक्षित हत्याको योजना सुनिरहँदा सामान्यहोला भनिएको अलिक पुरानो एउटा घटनाले झस्काएको छ । गुण्डा नाइके कुमार घैँटेको इन्काउन्टरपछि अपराध महासाखाका प्रमुख तथा हालका महानिरिक्षक सर्वेन्द्र खनाल जब त्यहाँबाट सरुवा र बढुवा भई ट्राफिक महासाखामा हाजिर भए, तव उनको बसुन्धारास्थित घरमा दुई जना शंकास्पद मानिस छिरे । हुनेवाला आइजिपीको घरमा आपराधिक नियतले मानिसको बलजफ्ती प्रवेश चानचुने कुरा थिएन ।

प्रहरीको सेटमा हल्लिखल्ली मच्चियो । तगर प्रहरीमा थिए डिएसपी रमेश थापा । उनको टोली तुरुन्तै त्यहाँ पुग्यो । नजिकैको दंगा नियन्त्रण गण, महाराजगन्ज बृत्त सहितका प्रहरीले सुरक्षा दिए । त्यसपछि उक्तघर रिनोभेशनका लागि खाली गरियो । सर्वेन्द्र धुम्बाराहीमा डेरा लिएर बसे ।

बुधबार प्रकाशित जनआस्था साप्ताहिकमा खबर छ–यस्तो हर्कत मच्चाउने समुह र कनकमणीलाई टार्गेट गर्ने समुह एउटै भएको कुरा अहिले पुष्टि हुन लाग्दैछ । दशैंअघि सम्म आपराधिकी दुनियाँका चार वटा ग्याङ मिलेका थिए । त्यो हो हाल केन्द्रीय कारागारमा रहेका बाहुन डन भनेर चिनिने रमेश पौडेल, निर्माण व्यावसायी शरद गौचन हत्याका मुल योजनाकार समीरमान बस्नेत, रुपन्देहीमा मारिएका अर्का नाइके मनोज पुन र केही प्रहरीले नै चलाएको अर्को ¥याकेट । प्रहरीले समिरमानलाई पक्राउ गरेपछि एउटा स्लिफर सेल फेला पारेको छ । शरद गौचन हत्याका अन्य आरोपीलाई प्रहरीले कार्तिक १२ गते झापाको काँकडभिट्टाबाट समात्यो, अम्बर बहादुर राना मगर, लोप्साङ लामा र रोशन बुढाथोकी ।

यिनीहरु पक्राउ परेपछि काठमाडौंमै रहेका अर्का व्यक्ति पहिचान भए । प्रहरीले तीनलाई पनि समात्यो । तर, कतै सार्वजनिक गरिएन । कारण थियो समात्दा समात्दै उनले कनक हत्याको बोलिविस्तार लगाए । थुन्दा वा सार्वजनिक गर्दा अरु ठूलो घटना होला भन्ने प्रहरीको बुझाई थियो । त्यसपछि उनी परिचालित भए स्लिपर सेलका रुपमा । यिनको पर्सबाट एउटा कागजको टुक्रा फेला पर्यो । एक औँली लामो पनि थिएन त्यो टुक्रा । त्यसमा अंक लेखेको थियो, ९८५१२ सम्म । प्रहरीले सोधे अरु नम्बर कता छ ?’ उनैले देखाए पर्सको अर्को कुनाबाट दुई वटा अंक लेखेको । तर, त्यतिले पनि नम्बर पुगेन । फेरी अर्को छेउमा अर्को पनि कागजको टुक्रा थियो ।

जसमा बाँकी तीन अंक थियो । कसको नम्बर हो भनी सोध्दा पहिले दाइको हो भनेँ । तर, यी तीनवटा अंक भएको नम्बर जोड्दा एक जना एसपी दर्जाको प्रहरीको नम्बरसँग मिल्न आयो । प्रहरी कब्जामा रहेका स्लिफर सेलले मोबाइल नबोक्ने । उनका केही आवातजावत हुने र जरुरी फोन गर्न प्रयोग हुने ल्याण्डलाइन प्रहरीले पत्ता लगायो । उनले प्रयोग गर्ने नम्बरबाट प्रहरीले ती हाकिमको नम्बरमा फोन लगायो । फोन उठ्नासाथ उनले हेलो भनेनन् सीधै ‘कहाँ हराइस् ए तँ’ भनेँ । त्यसपछि फोन गर्नेले फोन राखिदिए ।

अपराध महासाखाले ती प्रहरी हाकिमले प्रयोग गर्ने नम्बरको सिडिआर कल डिटेल्स निकाल्यो । स्लिपर सेलबाट त्यो नम्बरमा दिनमा ५० पटकसम्म कुराकानी भएको निस्कियो ।

त्यो नम्बरले जेलमा रहेका समिरसँग १५८ पटक, रमेश बाहुनसँग १६५ पटक सम्पर्क गरेको रेकर्ड प्रहरीले सुरक्षित राखेको छ । अनि प्रहरीले सोध्यो,‘लु भन्, तँलाई यसले के–के काममा लगायो ?’ त्यसपछि बयान दिँदै जाने क्रममा खुल्यो, सर्वेन्द्र खनाल महानिरिक्षक हुनुपुर्व नै उनलाई टार्गेट गरिएको । ती बाहेक ट्रमा सेन्टरमा कार्यरत चिकित्सक पनि टार्गेट गरिएका रहेछन् ।