
काठमाडौं, ५ पुस । संस्कृत माविको जग्गा घोटाला गरी अकुत भ्रष्टाचार गरेको अभियोगमा अनुसन्धानमा रहेका पूर्व प्रअ तथा संस्कृत माविका शिक्षक पौष तिवारीले धम्की दिएका छन् ।
दियोपोस्ट डटकमका प्रकाशक तथा प्रधानसम्पादक सुदीप विश्वकर्मालाई फोन गरी मारकाट गर्नेसम्मको धम्की दिएका हुन् । ‘म पौष तिवारी बोलेको । भाई तिमिले के गर्न खोजेको हो ।
म काठमाडौं आउँदैछु । तिम्रो अनलाईन कहाँ छ के छ सबै मलाई थाहा छ,’ तिवारीले ९८४१०३९३९० नम्बरको माबाइलबाट फोन गर्दै धम्कीपूर्वक भनेका छन्,‘अब मारकाट हिंसा शुरु भयो । मुठभेट शुरु भयो । पख्् मु…. हिसाब किताब गर्न आउँदैछु ।’
तिवारीले दास्रो पटक फेरी फोन गरेर आफू २०/२५ वर्ष काठमाडौं बसेको र धेरै नराम्रो घटना घटाएको समेत बताए ।
‘धेरै नराम्रा घटना पनि भएका छन् । म पनि २०/२५ वर्ष काठमाडौंमा बसेको हो । मैले पत्रकारीता बुझेको छु,’ तिवारीले भने ।
धादिङको ज्वालामुखि २ मैदीमा रहेको श्री संस्कृत तथा साधारण माबीको तत्कालिन प्रधानध्यापक रहेका तिवारीले विद्यालयको १ रोपनी १४ आना जग्गा आफ्नो नाममा राजिनामा पास गरी सहकारीबाट लाखौँ ऋण निकालेका थिए ।
दियोपोस्टले लालपुर्जा, सहकारीले रोक्का राखेको प्रमाणसहित समाचार सार्वजनिक गरेको थियो । उक्त समाचार सँगै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले समेत छानबीन थालेको थियो । अख्तियारले ज्वालामुखि गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधव मल्ललाई आधिकारिक कागजात कब्जा गर्न खटाएको थियो । अख्तियारकै निर्देशनमा मल्लले मैदीमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थामा रहेको ऋण सम्बन्धी कागजात र मैदीमै रहेको सानाकिसान लघुवित्त सहकारीबाट कागजात लगेको थियो ।
तिवारीले विद्यालयकै जग्गा घोटाला गरी धादिङवेशी स्थित पुछारबजारमा घर किनेको समेत एक साप्ताहिक पत्रिकाले खुलाशा गरेको थियो ।