पूर्वराजा विरेन्द्रको सम्पत्तिमा रजाइँ गर्ने यति समुह नै ‘फेक रेस्क्यु’ धन्दामा !

दियोपोस्ट संवाददाता

काठमाडौं, १० पुस । पूर्वराजा स्वर्गिय विरेन्द्र शाहको हजारौँ रोपनी जग्गामा आफ्नो धन्दा चलाइरहेको यति समुहले हावाई क्षेत्रमा साम्राज्य फैल्याएको छ । यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालय एयरलाइन्स लगायत हवाई व्यावसाय मात्रै होइन विभिन्न हेलिकोप्टर कम्पनि समेत यति समुहको लगानीमा छ । यति समुहकै लगानीमा एयर डाइनेष्टि हेलिकोप्टर र अल्टिच्युड एयर सञ्चालित छन् ।


अल्टिच्युड एयर प्रा.लीमा ‘सिइएमओ’ प्रमुख कार्यकारी मार्केटिङ अफिसरको रुपमा कार्यरत सिताराम सापकोटा पूर्वराजा विरेन्द्र शाहको सम्पत्ति खोजविन गरी राज्यको हितमा प्रयोग गर्न गठित नेपाल ट्रष्टको बोर्ड सदस्य छन् ।


तर ट्रष्टको नीति विपरित ट्रष्टले यति समुहलाई मनोमानी रुपमा राज्यलाई अर्बौं रुपैयाँ घाटा पर्नेगरी पूर्व राजा विरेन्द्र शाहको जग्गा दिएको पाइएपछि यतिबेला सामाजिक सञ्जालदेखि मुख्य दैनिक पत्रिकामा समेत यति समुहकै चर्चा छ ।


यति समुहको लगानी रहेको अल्टिच्युड एयरसहित अधिकांश हेलिकोप्टर कम्पनीले विदेशी पर्यटक उद्दारमा ठगी धन्दा चलाएको भन्दै गत वर्ष पर्यटन मन्त्रालयले छानबीन गरेको थियो । मन्त्रालयको उच्च स्तरिय छानबीन समितिले थप कारबाहीका लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले छानबीन थालेको थियो । सिआइबीको छानबीन केही समय चलेपनि शक्तिकै प्रभावमा कारण यतिबेला भने रोकीएको छ ।


विरामी पर्यटकलाई योजनावद्ध रुपमा औषधी खुवाउने र विरामी बनाएर हेलिकोप्टर रेस्क्युको नाममा अर्बौं ठगी गरेको अभियोगमा नेपाली सञ्चार माध्यम मात्रै होइन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत सबैभन्दा चर्चित पात्र बनेका थिए – राम प्रसाद सापकोटा ।


हिमालयन सोशियल जर्नी नामक ट्रेकिङ कम्पनिका मालिक रहेका सापकोटा यति समुहकै लगानी रहेको अल्टिच्युड एयरको समेत लगानीकर्ता हुन् । उनले सञ्चालन गरेको हिमालयन सोशियल जर्नीलाई कारबाही गर्न पर्यटन मन्त्रालयदेखि सिआइबीसम्मले सिफारिस गरेको थियो । तर, यति समुहसँगको व्यापारिक साझेदार भएकै कारण सापकोटालाई कारबाहीको तयारी हल्लामै सिमित बन्यो ।


कम्पनि रजिष्टारको कार्यालयको रेकर्ड अनुसार अल्डिच्युड एयरका अध्यक्ष निमानुरु शेर्पा र उपाध्यक्ष फूर गेल्जे शेर्पा र प्रबन्ध सञ्चालकमा भने यति समुहका मालिक स्वर्गिय आङछिरिङ शेर्पाका दाई लाक्पा सोनाम शेर्पा छन् ।

रामेछापका जीवन घिमिरे लेखा निर्देशक र धादिङ त्रिपुरेश्वर साविक वडा नम्बर ६ का रामप्रसाद सापकोटा सञ्चालक छन् । सापकोटालाई टे«ेकिङ व्यावसायमा फेक रेस्क्युको कालोधन्दा चलाउने नाइकेको रुपमा समेत बुझिन्छ । सापकोटालाई फेक रेस्क्यु गर्न सहयोग गर्ने अर्का पात्र हुन्–अल्टिच्युड एयरका प्रमुख कार्यकारी मार्केटिङ अफिसर सिताराम सापकोटा ।

ट्रेकिङ व्यावसायमा ‘कालोधन्दा’ : पर्यटक विरामी बनाएर अकुत सम्पत्तिका मालिक !


हिमालयन सोसियल जर्नी मार्फत राम प्रसादको धन्दाको विषयमा दियोपोस्टले गत वर्ष नै समाचार प्रकाशन गरेको थियो । त्यस्तै अल्टिच्युड एयरका सिताराम सापकोटालाई बोर्ड सदस्य बनाइएको विषयमा पनि दियोपोस्टले नै सबैभन्दा पहिला समाचार प्रकाशन गरेको हो ।

पूर्वराजा विरेन्द्रको सम्पत्तिमा यति समुहको रजाइँ : यति समुहकै मान्छे नेपाल ट्रष्टको बोर्डमा !


तर केही दिनअघि दैनिक पत्रिकाले अल्टिच्युड एयरका मार्केटिङ प्रमुख सिताराम सापकोटालाई ट्रष्टको बोर्ड सदस्य बनाइएको समाचार सार्वजनिक गरेपछि भने थप चर्चा शुरु भयो । त्यति मात्रै होइन अल्टिच्युड एयरले विज्ञप्ति निकालेरै समाचारको खण्डन गर्यो ।

जसमा अल्टिच्युड एयरमा यति समुहको कुनै समलग्नता नभएको मात्रै उल्लेख थिएन प्रबन्ध सञ्चालक लाक्पा सोनाम शेर्पाले समेत छाडेको बताइएको थियो । तर, कम्पनि रजिष्टारको रेकर्डमा भने शेर्पाले छाडेका छैनन् । यति समुहको व्यापारिक साम्राज्यको कमाण्ड गरिरहेका शेर्पा अल्टिच्युड एयरमा समेत प्रबन्ध सञ्चालक छन् ।

फेक रेस्क्यु धन्दा !


पर्यटन मन्त्रालयको छानबीन समितिको निष्कर्श अनुसार अल्टिच्युड एयरले तीन वर्षमा तीन सय ८३ उद्धार उडान गरेर विदेशी पर्यटकबाट पैसा असुलेको थियो । एक बिरामीबाट ५ लाख ६० हजार रुपैयाँसम्म असुलेको मात्रै होइन । हेलिकोप्टर कम्पनीले बिरामीलाई कुन अस्पताल लगेको भनेर स्पष्ट जानकारी समेत सरकारलाई दिएको थिएन ।


अल्टिच्युड एयरका सञ्चालक समेत रहेका राम प्रसाद सापकोटाद्वारा सञ्चालित हिमालयन सोसियल जर्नीले ७३ जना पर्यटक उद्धार गरेर राजधानीको बत्तिसपुतली स्थित एक अस्पतालमा भर्ना गरेको विवरण कार्यदललाई दिएको थियो ।

तर अस्पतालमा भने ती विरामीको उपचार नभएको पाइएपछि सापकोटाले प्रति विरामी ४ लाखका दरले ७३ जनाबाट विमा रकम ठगी गरेको पाइएको थियो । ७३ जनाबाट करिब ३ करोड रकम ठगी गरेको भएता पनि सापकोटामाथि सरकारले हालसम्म कुनै कारबाही गरेको छैन ।

सापकोटाले आफ्नो स्वामित्व रहेको ट्रेकिङ कम्पनि मार्फत पदयात्री पर्यटकलाई विरामी बनाउने र विरामी पर्यटकलाई यति समुह र आफ्नो लगानी रहेको अल्टिच्युड एयर हेलिकोप्टर मार्फत रेस्क्यु गरेर अकुत ठगी गरेको खुलाशा भएको थियो ।


‘फेक रेस्क्युमा समलग्नता देखिनेहरु ठूलो राजनीतिक छत्र छायाँमा थिए, त्यसैले सापकोटा जस्ता मान्छेहरु जोगिएका हुन्,’ केही महिनाअघि अनुसन्धान गरिरहेका सिआइबीका अधिकारी भन्दै थिए,‘यति समुहकै छत्रछायाँमा रहेकाहरुलाई चलाउन निकै गाह्रो थियो ।’

पूर्वराजा विरेन्द्र शाहको अर्बौंको जग्गामा केपी ओली निकट व्यापारीको रजाईं : ५ अर्ब घोटाला !

सिफारिस