२४ घण्टा पनि टिकेन अध्यागमन विभागको सुचना, होटल क्वारेन्टाइन बस्नुपर्ने नियम खारेज !

diyopost.com
दियो पोस्ट  शनिबार, पौष ०३, २०७८ | १७:५०:०२

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात ओमिक्रोन भेटिएको भन्दै अध्यागमन विभागले विभिन्न ६७ मुलुकबाट नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकलाई ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको थियो ।

शुक्रबार सार्वजनिक उक्त सुचना अनुसार नेपालको पर्यटन व्यावसाय धराशायी भएको भन्दै सरकारको चर्को आलोचना भएको थियो । तर, उक्त सुचना २४ घण्टामा रद्द भएको छ । अध्यागमन विभागले नयाँ सुचना जारी गर्दै यसअघि जारी भएको सुचना रद्द गरेको हो ।

अध्यागमन विभागको आधिकारीक वेभसाइटमा प्रकाशित उक्त सुचना अनुसार अर्को सुचना जारी नभएसम्म उक्त नियम रद्द भएको हो ।

गत मंसिर १३ को निर्णय भन्दै विभागले नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने, पिसिआर परिक्षणपछि कोभिड नेगेटिभ देखिएपनि थप ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी नियम सार्वजनिक गरेको थियो ।

सम्बन्धित खबर