अपडेटः हराइरहेको विमान दुर्घटनाग्रस्त भेटियो

दियो पोस्ट  

 

म्याग्दी, १२ फागुन । आज बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको जहाज म्याग्दीको दाना गाविस–२ सोलेघोप्टे भीर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । tara-air

आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको तारा एयरको जहाज दानाको सोले घोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । विमानमा चालकदलका तीन सदस्यसहित २३ जना यात्रु थिए ।

दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय युवा नवीन खड्काको नेतृत्वमा खोजीको लागि गएको टोलीले उक्त विमानलाई सम्पर्कबिहीन भएको झण्डै पाँच घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

दुर्घटनाग्रस्त क्षेत्रमा अहिले म्याग्दीका प्रहरी प्रमुख खड्का, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलगायतको टोली त्यसतर्फ उद्धारको लागि प्रस्थान गरेको छ । म्याग्दीको दानाबाट दुर्घटनाग्रस्त क्षेत्रमा पुग्न पैदल झण्डै चार घण्टा लाग्छ ।