पोखरा १३ फागुन । दुर्घटनामा परेको तारा एयरको विमानमा मृत्युभएकाहरुको शवलाई बिहीबार पोखरा ल्याइएको छ । उनीहरुलाई एयर डाइनेस्टीको हेलिकप्टर मार्फत मृतक यात्रुको शब पोखरा ल्याइएको हो । १८ जना मध्ये ५ जनाको शव मुस्ताङ पुर्याइएको छ ।
उनीहरु ५ जनाको पहिचान भएको छ । बुधबार भएको तारा एयरको दुर्घटनामा परि दुई विदेशी र दुई शिशुसहित २३ जनाको मृत्यु भएको थियो ।