समिट हेलिकोप्टरले हाम्रो फ्लाईट संयोजन गर्दै आएको छ : ट्राभलर एसिस्ट

दियो पोस्ट  

काठमाडौं, १७ माघ । नेपालको पर्यटन क्षेत्रमा हुने ‘ठगीधन्दा’ बारे अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचार गरेर आफ्नो व्यापारिक स्वार्थ पूर्ति गर्न लागि परेको ट्राभलर एसिस्ट नामक विचौलिया कम्पनिले नेपालका एक व्यक्तिलाई आफ्नो प्रतिनिधि भएको अस्विकार गरेको छ ।
नेपालका पर्यटन व्यावसायीलाई पर्यटक उद्दारका क्रममा हुने विमा आफूसँग गर्न दबाव दिँदै आएको ट्राभल एसिस्टको नेपाली एजेन्ट जय राणा रहेको भन्दै दियोपोस्टले समाचार प्रकाशन गरेको थियो ।


दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गर्दै ट्राभलर एसिस्टले जय राणा उक्त विचौलिया कम्पनिको नेपाल स्थित भूमिगत एजेन्ट रहेको अस्विकार गरेको हो ।


‘जय राणा हाम्रो कम्पनिका लागि भूमिगत एजेन्ट मात्रै भन्ने कुरा गलत हाे । ट्राभलर एसिस्ट समिट हेलिका राणालाई विश्वासिलो हेलिकोप्टर फ्लाईटको विश्वासिलो व्यक्तिको रुपमा प्रयोग गर्दै आएको छ ,’ ट्राभलर एसिस्टका महाप्रवन्धक जोनाथन बेनक्रफ्टद्वारा दियोपोस्टलाई प्राप्त इमेलमा भनिएको छ,‘जय राणा ट्राभलर एसिस्टको जागिरे होइनन् । हामीबिच कुनै सम्झौता पनि भएको छैन ।’
दियोपोस्टले राणाबारे ट्राभलर एसिस्टको विचौलिया धन्दामा सहभागी भएको भन्दै समाचार प्रकाशन गरेको थियो ।


बेलायतमा मुख्यालय रहेको ट्राभलर एसिस्ट नामक विदेशी विमा विचौलिया कम्पनिले ‘नेपालका सबै कम्पनिलाई कारबाही गरिएकाले आफूहरुसँग विमा गर्न भन्दै दबावपूर्ण’ इमेल व्यावसायीहरुलाई पठाएको थियो ।


पर्यटन मन्त्रालयलाई समेत नेपालका अस्पताल, हेलिकोप्टर, ट्रेकिङ , रेस्क्यु कम्पनिलाई कारबाही गर्न चेतावनी दिएको थियो । त्यति मात्रै होइन उसले नेपाल सरकारले अनुसन्धानमा दोषी देखिएकालाई कारबाही नगरे नेपालमा आउने पर्यटकको विमा रोक्ने समेत चेतावनी दिएको थियो ।


पर्यटन क्षेत्रका विज्ञका अनुसार ट्राभल एसिस्टलाई यस्तो चेतावनी दिने, वा विमा रोक्ने कुनै अधिकार छैन । ‘उनीहरु न त नेपालको आधिकारीक निकाय हुन् । नत अन्तर्राष्ट्रिय अधिकार प्राप्त एजेन्सी नै हुन् । एउटा विचौलिया कम्पनिले नेपाल सरकार र व्यावसायीहरुलाई चेतावनी दिने अधिकार कहाँबाट पायो ?’ पर्यटन मन्त्रालयकै एक अधिकारी भन्छन्,‘जो आफै पर्यटक उद्दारको विमासँग आवद्ध छ उसले कुन नैतिकतामा नेपाललाई चेतावनी दिन मिल्छ । हाम्रो सरकारले अनुसन्धान गरिरहेको छैन र ?’

यो पनि पढ्नुहोस्

पर्यटनमा ‘विचौलियाधन्दा’ : पैसाका लागि विदेशीको एजेन्ट बनेर नेपालकै बद्नाम गर्ने यी को हुन् ?

पर्यटनमा विदेशी विचौलिया धन्दा प्रहरीको छानबिनमा, ट्राभलर एसिस्टका डेनी केन फरार !

TATA ADD

सिफारिस