दियोपोस्ट संवाददाता
काठमाडौं, २० माघ । गत जेठ २२ गते दियोपोस्ट डटकमले धादिङको एउटा रहस्यमयी घटनाबारे समाचार प्रकाशन गरेको थियो । समाचारको शिर्षक थियो,–‘पाहुना बनेर आएका वडाध्यक्षका डोजर चालकले मध्यरातमा छोरीमाथि जबरजस्ती गरेपछि….’ ।
समाचारमा बलात्कारका प्रमुख अभियुक्त उल्लेख थियो– हरिकृष्ण बस्नेत अर्थात हेमनसिंह । उनै हेमनसिंह बस्नेतलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले करिब १० महिनाको अन्तरालमा पक्राउ गरेको छ ।
उनी सोमबार नै वैदेशिक रोजगारीका लागि कुवेत जाने तयारीमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म पुगीसकेका थिए । तर, सिआइबीको टोलीले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ ।

गत जेठ १४ गते राती पाहुना बनेर आएका बस्नेतले धादिङ गाउँपालिका ८ किरान्चोककै हलेखोला स्थित एक १६ वर्षिय किशोरीलाई जबरजस्ती करणी गरेका थिए । राती ३ बजेको समयमा आफ्नै घरमा सुतिरहेकी ती युवतीलाई ढोका फोडेर कोठा भित्र प्रवेश गरी बस्नेतले जबरजस्ती करणी गरेका थिए ।
जबरजस्ती करणीपछि फरार रहेका बस्नेत भारतका विभिन्न क्षेत्रमा लुकेर बस्दै आएको सिआइबीेले जानकारी दिएको छ ।
उनलाई थप मुद्दा चलाउनका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको सिआइबीले जनाएको छ ।
२८ वर्षिय बस्नेत वडाध्यक्ष राजकुमार ढुङ्गानाका डोजर चालक हुन् । वडाध्यक्ष ढुङ्गानाले दियोपोस्टका कार्यालयमा आइ पीडित युवतीलाई न्याय दिन आफू लागि पर्ने वचन दिएका थिए ।
यो पनि पढ्नुहोस्