उठ्न लागेका भगत सिंहलाई प्रचण्डले भने, ‘नाकाबन्दी बेहोर्ने गरी हामीले के गर्‍याैं ?’

दियो पोस्ट  

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सबैभन्दा बढी ताली र हुटिङ पाउने नेतामा एमाओवादी अध्यक्ष प्रचण्ड देखिए । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले बोले लगत्तै मन्तव्य सुरु गरेका प्रचण्डलाई उद्घोषकले बोलाउँदै गर्दा हुटिङ र तालीले खुल्ला मञ्च निकै तातेको थियो । मन्तव्यको सुरुवातमा कांग्रेसको ईतिहास कोट्याउँदै गिरिजा प्रसाद कोइराला र आफूबीचको सम्बन्धबारे बालेका उनले मन्चबाट भारतलाई थर्काएका छन् ।

भारतीय जनता पार्टीका नेता भगत सिंह केशिरिया मार्फत सन्देश पुर्यादिन भन्दे उनले भने, ‘म भगतसिंह मार्फत भन्न चाहान्छु नाकाबन्दी बेहोर्नु पर्ने गरि हामीले के गल्ती गरेका थियौं ?’
उनले यसो भन्दै गर्दा खुल्लामञ्चबाट उनले निकै ताली पाएका थिए ।
उनले ईतिहास नदोहोरियोस् भन्दै धम्की समेत दिएका थिए । नेपालीको राजनीतिमा भारतको सहयोग आवश्यक रहेको भन्दै उनले नाकाबन्दीले अहिलेसम्म पनि अवस्था सहज नबनेको बताए । उनले यसो भनिरहँदा केशरियाले भने ध्यान दिएर हेरेका थिए ।
‘भगत सिंह जी बोलेर जान्छु भन्नुभएको थियो तर मैले बस्नुस् भने,’ भगत सिंहलाई देखाउँदै प्रचण्डले भने, ‘मेरो कुरा नसुनिकन जान पाउनु हुन्न भनेर मैले राखेको हुँ  ’
नेपालको राजनीतिमा सबै कांग्रेसले मात्रै गरेको भन्दा आफूलाई ‘चसक्क’ घोँचेको समेत उनले बताएका थिए ।

सम्बन्धित खबर