नयाँ नेतृत्व चयनकालागि भएको नेपाली काँग्रेसको निर्वाचन सकिनै लाग्दा विवाद भएको छ । विवाद तीस जना प्रतिनिधिलाई लिइर बढेको छ ।
सुशिल कोइरालाले मनोनित गरेका तीस जना प्रतिनिधिलाई निर्वाचन आयोगले मतदान गर्न नदिएपछि विवाद बढेको छ । केहि समय स्थगित भएको मतदान पुन सुचारु भएको छ ।
सभापतिको मत गणना आज राती १० बजेबाट सुरु हुने छ । निर्वाचित हुनेले ५१ प्रतिशत ल्याउनै पर्ने काँग्रेसको विधानमा भएकाले निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनु पर्छ । सभापतिमा तीन जना प्रतिशप्रधि भएकाले पहिलो पटक ५१ प्रतिशत आउनेमा सबैको आशंका रहेको छ ।
यदि कुनै पनि सभापतिका उम्मेदारले ५१ प्रतिशत नल्याए पहिलो र दोस्रो हुने बिच पुन निर्वाचन हुने छ ।