काठमाडौँ, ७ चैत । मेलम्ची खानेपानीको सुरुङ निर्माणमा काम गरिरहेका कामदारलाई निकाल्न खोजिएपछि काम रोकिएको छ ।
सुन्दरीजलमा काम गरेका टेकबहादुर खड्कालाई आज बिहान कामबाट निकाल्न खोजेपछि त्यहाँ काम गरेका करिब ५० कामदार आन्दोलनमा उत्रेका हुन् । कम्पनीले चोटपटक लाग्दा थोरै बिदा दिने, कामदारको उपचारमा कम्पनीले बेवास्ता गर्ने, धेरै समय काममा लगाउने गरेको गुनासो समेत पोखे । सुरुङ निर्माणको काम सिएमसी कम्पनीले लिएको छ ।
स्थानीय कामदार लक्ष्मण श्रेष्ठले कम्पनीले आफ्ना मान्छेलाई काममा लगाउनका लागि आफूहरुलाई निकाल्न लागेको आरोप लगाए।
कम्पनीका प्रबन्धक सूर्य शाहले कामदारलाई तलब बढाइदिएकाले तिनले काममा अवरोध गर्न नहुने बताउँदै कम्पनीको आन्तरिक विषय वार्ता र छलफलबाट टुङ्ग्याइने बताए ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki