नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार ह्यारी लम्जुङ पुगेका छन् । उनी लम्जुङको लेउरानीकी मंगली तामाङको घरमा बस्ने छन ।
उनका श्रीमान ब्रिटिश आर्मीमा थिए । उनका श्रीमानको अहिले मृत्यु भइसकेको छ ।
उनले बर्दिया राष्ट्रिय निकुञ्जको पनि भ्रमण गरेका छन् । ह्यारीले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका छन् ।
त्यहाँका स्थानीयले मौलिक भेषमा सजिएर राजकुमार ह्यारीको स्वागत गरे । उनले विनाशकारी भूकम्पले क्षति पुर्याएको भूतपूर्व गोर्खा सैनिकका घर र उनीहरुका आफन्तहरुसँग भेटघाट पनि गर्ने छन् । सोमबार नै ह्यारीले भूकम्पबाट क्षतिग्रस्त विद्यालउ हेर्नेछन् । लाजुङबाट सूर्यास्तको दृष्य हेर्ने छन् ।
आमा समूह र युवा क्लबले उनलाई साँस्कृतिक कार्यक्रम देखाउने छन् ।