नयाँ शक्तिकाे झण्डा र लोगो निर्वाचन आयोगमा दर्ता

दियो पोस्ट  

काठमाडौं, १० चैत्र । नयाँ शक्ति नेपाल आधिकारीक रुपमा  निर्वाचन आयोगमा दर्ता भएको छ । संगठन विभागका प्रमुख देवेन्द्र पौडेलका अनुसार झण्डा र लोगो निर्वाचन आयोगमा दर्ता भएको हो । ‘हामीले निर्वाचन आयोगमा झण्डा र लोगो मात्रै दर्ता गरेका हौं,’ उनले भने, ‘पार्टी दर्ता हुन बाँकी छ, झण्डा र लोगोको प्रमाण पत्र लिएका छौं ।’
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई आफैले झण्डा र लोगो दर्ताको लागि निर्वाचन आयोगमा पत्र लेखेका थिए ।

सम्बन्धित खबर