विरामी अनन्त रमाए फुटबलमा

दियो पोस्ट  

मानसिंह वि.क

रोल्पा १४ चैत्र । रोल्पाबाट राजनीतिमा लागेर केन्द्रीय स्तरसम्म प्रभाव पारेका नेता वर्षमान पुनमगर ‘अनन्त’ विरामी भएर नेपालदेखि बैंककसम्म जादाँ राजनीतिमा सक्रिय हुन पाएनन् । उपचारपछि नयाँ जीवन पाएका उनी पहिलोे पटक गृह जिल्ला रोल्पा र गाउँ माडीचौरमा पुगेका छन् । उपचारको क्रममा विदेशमा रहँदा, ‘नेपाल पर्किन्छन् कि फर्किदैनन् भनेर चिन्तीत बनेका रोल्पालीले एक्कासी अनन्तलाई माडीचौर रंगशालामा स्वागत गरे । रोल्पालीले उनलाई स्वगतमात्रै गरेनन् विरामी अनन्तले खेलको फूटबलमा रमाउन समेत पाए ।
चिकित्सकले आराम गर्न सल्लाहा दिएपनि राजनीतिमा भने सक्रियताका साथ लागि रहेका छन् । रोल्पा आएका अनन्त शुक्रबार रोल्पा जिल्लाका पूर्वाधार, कृषिमा उत्पादन बृद्धि र रोजगारको सम्भावना बारेमा जिल्ला स्तरीय सर्वपक्षीय बृहत अन्तरक्रियामा भाग लिन पुगे ।
शनिबार माडी जलजला युवा क्लव जंकोटका सँस्थापक कोषाध्यक्ष एवं सो क्वल र रम्जावेशी युवा क्वलका प्रमुख संरक्षक पुनको शिघ्र स्वास्थ्य लाभको कामना स्वरुप माडीचौरमा राजनीतिक दल, कर्मचारी भर्सेज कलाकार फूटबल प्रतियोगिताको आयोजना गरिएको थियो । यो अवसर जुटाउनमा भने एमाओवादी केन्द्रीय सदस्य दिपेन्द्र पुन मगर सक्रिय थिए ।
माडीचौरको रंगशालामा फूटबल खेलेर आफू स्वस्थ्य रहेको सांकेतिक सन्देश दिन समेत अनन्त सफल भए । रोल्पा जिल्लाका राजनीतिक दल, कर्मचारी र नायीका झरना थापा, गायक प्रमोद खरेल, बद्री पंगेनी लगायतका राष्ट्रिय कलाकारहरुसँग फूटवल प्रतियोगिता गरिएको थियो ।