काठमाडौं, १५ चैत्र । काठमाडौं सहित विभिन्न जिल्लामा ठूलो हावा हुरी चलेको छ । हावाहूरीबाट सर्वसाधारण आतंकीत बनेका छन् । अपरान्ह चार बजेबाट सुरु भएको हावाहूरी अहिलेसम्म जारी छ ।
त्यस्तै धादिङमा पनि ठूलो हावाहूरी चलेको बताइएको छ । हावाहुरीबाट कार्यालयका बोर्डहरु खसेका छन् । सर्वसाधरण सडकमा हिड्न सकेका छैनन् । त्यस्तै गोरखामा भूकम्पपीडितको सयौं टहरा उडाएको छ । त्यस्तै नुवाकोटमा पनि सयौं टहरा उडाएको जनाइएको छ ।