स्वास्थ्य चौकीलाई ५० लाखको जग्गा प्रदान

दियो पोस्ट  

सुरुङ्गा ९झापा०, १८ चैत । गोलधाप स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय दाताले ५० लाख रुपैयाँ मूल्य पर्ने पाँच कट्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । गोलधाप–२ निवासी यज्ञराज पकुवाल, रमेश पकुवाल, जीवन पकुवाल, धर्मराज सिवाकोटी र होमराज सिवाकोटीले एक/एक कट्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन्।

उनीहरु पाँचैजनाले प्रतिकट्ठा १०/१० लाख रुपैयाँ पर्ने जग्गा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको स्वास्थ्य चौकीका इञ्चार्ज ९सिनियर अहेव० किरणकुमार खरेलले बताए । उनीहरुले प्रदान गरेको जग्गा वुधबार रजिस्ट्रेसन पास गरिएको छ । गत फागुन २० गते बसेको स्वास्थ्य चौकीको बैठकमा स्वास्थ्य चौकीलाई जग्गा दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार स्वास्थ्य संस्थालाई जग्गा प्रदान गरिएको बताइएको छ । स्थानीयवासी दिलकेशर थापा र रुकमिणा सङ्ग्रौलाले पनि स्वास्थ्य चौकीलाई एक/एक कट्ठा जग्गा प्रदान गर्ने निर्णय भएको बताइएको छ ।

श्रीमतिको स्मृतिमा रेडक्रसलाई सहयोग

श्रीमती तुलसा ढकालको स्मृतिमा झापा बिर्तामोडका समाजसेवी परशुराम ढकालले नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई ५१ हजार ११३ रुपैयाँ सहयोग गरेका छन् । ९४ वर्षीय ढकालले श्रीमती तुलसाको पुण्यतिथिको अवसर पारेर रेडक्रस उपशाखाका सभापति सजेश शिवाकोटीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

मानवीय सेवाका लागि समाजसेवी ढकालले गरेको सहयोगको सराहना गर्दै रेडक्रस सभापति शिवाकोटी, उपसभापति निर्मलकुमार भट्टराई, सदस्य किरण श्रेष्ठ र विशिष्ट सदस्य रङ्गलाल न्यौपानेले उहाँलाई धन्यवादज्ञापन गरेका थिए ।