बनेपा, १८ चैत । काभ्रेपलाञ्चोकमा आज तीन किलो २४२ ग्राम गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको नयाँगाउँ देउपुरका २२ वर्षीय सुवास लामालाई प्रहरीले पक्राउ गरेको हो । कुशादेवीबाट बनेपा आउँदै गरेको बा३ख २०३ नं को यात्रुबाहक बसको सिटमुनि लामाले लुकाई राखेको गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले बताए ।
लामालाई लागुऔषध कारोबार ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।