ऋषि धमला पत्निद्वारा पत्रकारलाई धम्की

दियो पोस्ट  

काठमाडौं, १८ चैत्र । रिपोर्टस् क्लबका अध्यक्ष ऋषी धमला र उनकी पत्निले एक पत्रकारलाई धम्कि दिएको ती पत्रकारले बताएका छन् । पत्रकार कुसुम भट्टराईलाई धमला दम्पत्तिले धम्कि दिएको बताइएको छ ।
‘ऋिषि धमलाले त धम्की दिइरहेकै थिए, अब उनकी श्रीमती एलीजा गौतमजीले पनि मलाई मेरो म्यासेज बक्समा जथाभावी गाली गर्दै धम्की दिइरहनुभएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ऋषि धमलाको काला कर्तुतको सती गईँदैन, बरु धमलाको शाखा सन्तान लागेर म माथि खनियून् ।’


भट्टराईका अनुसार रिपोर्टस क्लबको स्मारिकामा भारतीय नेताको नक्कली अन्र्तवार्ता र राष्ट्रपति विद्या भण्डारीको फर्जि अन्र्तवार्ता छापिएको छ । धमलाले भट्टराईलाई उनले आरोप लगाएका छन् ।
धमलाकी पत्नि एलिजा गौतमले उनलाई तथानाम गालि गरेको भट्टराईले आरोप लगाएका छन् । ‘स्मारिकामा भारतीय नेताको नक्कली अन्तरर्वार्ता र राष्ट्रिपति विद्या भण्डारीको फर्जी अन्र्तवार्ताको जिम्मेवारी म लिन सक्दीन त्यसैले त्यो स्मारिकाको सम्पादक आफू नभएको जानकारी गराउँछु,’ आफूलाई जबरजस्ति सम्पादकमा राखेको भन्दै उनले लेखेका छन्, ‘यत्ति गर्दा मलाई धमलाजीको श्रीमतीले तथानाम गाली गरिरहनुभएको छ । कहाँ सम्म भने प्रहरीमा उजुरी गरेर मलाई पक्राउने रे । पक्राउ गर्नुपर्ने त ऋषि धमलालाई हैन र जसले यो फर्जी काम गरिरहेका छन् ।’

 

धमला पत्नीद्वारा पठाइएको म्यासेज

 
धमला पत्नि एलिजाले कुसुमलाई पठाएको म्यासेजमा आफ्नो श्रीमानलाई धम्काएको भन्दै ‘नछोड्नै धम्कि दिएकी छिन् । ‘मेरो श्रीमानलाई धम्काउने यो मान्छेलाई भोली म के गर्छु,’ उनले लेखेकि छन्, ‘तैले धम्काउँदैमा हामी धम्किन्छौं र ?’
यस विषयमा पत्रकार धमलासँग कुरा गर्दा पत्रकार कुसुम भट्टराईलाई ‘वाईयात’ संज्ञा दिए । ‘म यस्तो धम्कीमा म विश्वास गर्दिन,’ दियोपोस्टसँग कुरा गर्दै उनले भने, ‘कुसुमलाई तपाईंहरुले पनि चिन्नुभएको छ कस्तो मान्छे हो ।’

सम्बन्धित खबर