केटाकेटीमा रक्तअल्पता घट्दै

diyopost.com
bestnp  बिहिबार, चैत्र १८, २०७२ | ११:५०:२८

वीरगन्ज, १८ चैत । जिल्लामा रहेका बालबालिकाको स्वस्थ जीवनका लागि बहु क्षेत्रीय पोषण योजनाको व्यावहारिक कार्यान्वयनका लागि सरोकारवालाबीच सक्रिय सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।

विश्वव्यापी पोषणमा साझेदारी, परिणाम तथा नवीनता सुदृढीकरणसम्बन्धी ९स्प्रिङ० परियोजनाद्वारा आज यहा“ आयोजित जिल्लामा बहु क्षेत्र उत्तम पोषणका लागि पथ प्रदर्शन विषयको छलफल कार्यक्रमका सहभागीले उक्त कुरामा जोड दिएका हुन् ।

उनीहरुले उत्तम पोषणका लागि मातृ तथा बालपोषण स्याहार, किशोरी पोषण तथा उपयुक्त खानेकुराको उपलब्धता र उपभोगमा वृद्धि गरिनुपर्नेमा जोड दिँदै जिल्लामा विद्यमान कुपोषणमा असर पर्ने पक्षको पहिचान गरी सोहीअनुरुपको व्यावहारिक नीति लागू गर्नुपर्ने बताए ।

कार्यक्रममा पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल र परियोजनाका परामर्शदाता महेश्वर श्रेष्ठले जिल्लामा देखिएका पोषणको अवस्थाका विविध पक्षमाथि प्रकाश पार्दै जिल्ला पोषण नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सबै पक्षलाई आग्रह गरे ।

परियोजनाले पर्सामा गरेको अध्ययनले जिल्लाका अधिकांश घर परिवारमा खाद्य सुरक्षा उपलब्ध रहेको जनाएको छ । उक्त अवसरमा अध्ययन नतिजा सार्वजनिक गर्दै परियोजनाका परामर्शदाता श्रेष्ठले जिल्लाका ८० प्रतिशत घर परिवारमा कम्तीमा तीन महिना खान पुग्ने वा त्यस अवधिका लागि किनेर खाने क्षमता भएका रहेको बताए ।

उनले“ जिल्लामा पोषणयुक्त खाना खाने अभ्यासमा परिवर्तन आएको, शिशु तथा बाल्यकालीन पोषण अभ्यास नौ प्रतिशतले बढेको, छदेखि ५२ महिनाका केटाकेटीमा रक्त अल्पता ४७ प्रतिशतले घटेको, प्रजनन उमेरका महिलामा रक्तअल्पता ४३ प्रतिशतले घटेको अध्ययनले देखाएको बताए ।

सम्बन्धित खबर