सुर्खेत, २० चैत्र । मधेसी मोर्चाका नेता उपेन्द्र यादवमाथि कालोझण्डा देखाइएको छ । संघीय समाजवादी फोरम नेपालको किसान भेलाको उद्घाटन गर्न सुर्खेत पुगेका यादवलाई वाईसिएल कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।
होटलमा खाना खान लागेको अवस्थामा वाईसिएलले उनीमाथि कालो झण्डा देखाएको हो । विरेन्द्रनगर स्थित होटल भ्याली भ्यूमा खाना खान लागेका यादव युवासंघ र वाईसिएल कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।
उनीहरुले यादवलाई ‘देशद्रोही, देश छोड तथा राष्ट्रघाति मुर्दावाद’ भन्दै कालो झण्डा देखाएका थिए । अंगरक्षकलाई समेत उनीहरुले हातपात गरेका छन् । यादवमाथि उनीहरुले कालो झण्डाको टोपी लगाइदिएका थिए ।