प्राकृतिक चिकित्सालयलाई रु १० करोड बजेट

दियो पोस्ट  

कावासोती, २० चैत । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक चिकित्सालयको विकासका लागि सरकारले रु १० करोड सहयोग गर्ने बताए ।

नवलपरासीको रजहरमा रहेको राष्ट्रिय प्राकृतिक चिकित्सालयको पूर्वाधार विकासका लागि यस वर्ष नै उक्त रकम उपलब्ध गराउने घोषणा गरिएको हो ।

चिकित्सालयको दोस्रो अधिवेशनको उद्घाटन तथा नयाँ भवनको शिलन्यास कार्यक्रममा उहाँले संरचना बनाउँदा गुरुयोजनालाई नबिर्गान सल्लाह दिए ।
सो अवसरमा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले नाकाबन्दी, मधेस आन्दोलन र भूकम्पका कारण पनि सरकारले जनजीवनलाई सामान्य बनान थालको बताए । राप्रपाका महामन्त्री एवम् सांसद विक्रम पाण्डेले प्राकृतिक चिकित्सालयलाई सार्ककै नमुना बनाउनुपर्ने बताए ।

अर्बपति तथा पूर्वसांसद विनोद चौधरीले प्राकृतिक चिकित्सालयभित्रको वातावरणले बिरामीले ५० प्रतिशत रोग निको भएको महसुस गर्ने गरेको बताउँदै यहाँ छिमेकी राष्ट्रबाट समेत उपचार गर्न आउनेलाई आकर्षण गर्ने बताए ।