काठमाडौँ, २३ चैत । धरहराको पुनःनिर्माण अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार समूह र स्वकीय सचिवालयले तीन दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।
‘मेरो धरहरा मै बनाउँछु’ अभियान अन्तर्गत कोष खडा भइसकेको छ जसमा प्रधानमन्त्रीले एक महिनाको तलब दिने घोषणा गरिसकेको छ ।
राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखामा रहेको धरहरा पुनःनिर्माण कोषको खाता नं १४३०००१९८००१ मा चैत महिनाको तलबबाट कट्टा गरी रकम जम्मा गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki Editor in Chief: Sudip Bishwakarma