काठमाडौँ, २५ चैत । अन्तर्राष्ट्रिय बागवानी सम्मेलन पहिलोपटक शुक्रबारदेखि राजधानीमा हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम अन्तर्राष्ट्रिय बागवानी सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाल हर्टिकल्चर सोसाइटीले आयोजना गर्ने चारदिने उक्त सम्मेलनमा बेल्जियम, भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, कोरिया र जापानका फलफूल तथा कृषि वैज्ञानिकसमेत १५० जनाले भाग लिने सोसाइटीका अध्यक्ष मोहनबहादुर थापाले बताए ।
सम्मेलनमा नेपालमा बाली विकास, उपलब्धि र भावी रणनीति, सागसब्जीको विकास, नेपालमा बागवानीको अनुसन्धान, नेपालमा फलफूल एवम् सागसब्जी उद्योग तथा व्यवसाय, पुष्प व्यवसाय, कृषि शिक्षालगायत विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको बताए ।