काठमाडौं, २६ चैत्र । कानुन ब्यावसायीहरुको छाता संगठन नेपाल बार एशोसियशन भरखरै सम्पन्न मत परिणाम अनुसार लोकतान्त्रिक प्यानलका उम्मेदवार शेरबहादुर केसी अध्यक्षमा विजयी भएका छन् । कूल २५ स्थानमा भएको २० पदमा लोकतान्त्रिक प्यानलको उम्मेदवार विजयी भएका छन् ।
महासचिवमा पनि उनकै प्यानलका खम्म बहादुर खाती विजयी भएका छन् । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो ।
बारको नयाँ नेतृत्वका लागि लोकतान्त्रीक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएकोमा लोकतान्त्रीक समुहमा काँग्रेस निकटका कानुन व्यवसायीहरु छन् भने, प्रगतिशिल समुहमा एमाले, सवै माओवादी, अन्य साना कम्युनिष्ट घटकहरु र मधेशी दल निकटका कानुन व्यवसायीहरु रहेका छन् ।