बुद्ध एयरको विमानको आकस्मिक अवतरण

दियो पोस्ट  

विराटनगर, २६ चैत । झापाको भद्रपुरबाट काठमाडौंँका लागि उडेको बुद्ध एयरको विमान आज १२ः४८ बजे यहाँको विमानस्थलमा आकस्मिक अवतरण गरियो ।

उक्त विमानको बायाँ तर्फको इन्जिन तातिएर इन्डिकेटरले गडबडीको सङ्केत गरेपछि विराटनगर विमानस्थलमा सुरक्षित अवतरण गरिएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंहले जानकारी दिए  ।

सो विमानमा चालक दलका चार सदस्य र दुईजना १० वर्ष मुनिका बालकसमेत गरी ६६ जना सवार थिए ।

विमान मर्मतका लागि काठमाडौँंबाट प्राविधिक टोली आइरहेको बुद्ध एयरको विराटनगर कार्यालयले जनाएको छ ।