एआइजी श्याम ज्ञवालीमाथि अनुसन्धान गर्न राज्य व्यवस्था समितिको अख्तियारलाई निर्देशन

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) शयाम ज्ञवालीमाथि अनुसन्धान गर्न राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले आइतबार सूचना जारी गर्दै सुन तस्करी अभियोगमा फरार अभियुक्त जिवन चलाउनेसँग कनेक्सन देखिएका एआइजी ज्ञवालीमाथि अनुसन्धान गर्न निर्देशन दिएको हो ।

मिति ०८० चैत १३ गते छानविन गरी कानुन बमोजिम कारबाहिको माग गर्दै दिनेश पौडेलले निदेवदन दिएको च.नं. २८२ लाई चैत २० गते आवश्यक कारबाहिका भन्दै गृृह मन्त्रालय पठाइएको थियो । मन्त्रालयले राज्य व्यवस्था समितिको छलफलपछि अनुसन्धान गर्न समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको निर्देशनमा भनिएको छ, ‘उक्त निवेदनलाई आधार मानि कारबाहिका लागि निवेदनको छायाँ प्रति समेत यसै पत्रसाथ संलग्न राखी अख्तियार अनुसन्धान आयोगमा पठाइएको व्यवहोरामा उल्लेख गरिएकोम छ ।’

अवकाशको मुखमा रहेका एआइजी श्यामलाल ज्ञवाली र विमानस्थल प्रमुखको रुपमा कार्यरत प्रहरी नायव महानिरिक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीको सुन तस्कर अभियुक्त जिवन चलाउनेसँग बाक्लो सम्पर्क देखिएको थियो । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेका चलाउने केहि महिनाअघि सम्मपनि नेपाल प्रहरीका एआइजी ज्ञवालीले आफुसँग आइजीपी बन्न एक करोड रुपैयाँ मागेको खुलासा गरेका थिए ।

केहि समयअघि दियो पोष्टलाई प्राप्त कल डिटेल्स र सिडिआर रिपोर्टमा चलाउनेले आफ्नो मोबाइल नम्बरबाट एआइजी ज्ञवालीको मोबाइल नम्बर ९८५१२२८०३८२ मा एकपटक कुराकानी गरेको देखिएको थियो । सोहि सम्बन्धमा राज्य व्यवस्था समितिले अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको हो ।

 

एआइजी श्याम ज्ञवालीको झूटको पर्दाफास : सुन तस्करीमा फरार चलाउनेसँग यस्तो साँठगाँठ !