काठमाडौं, २७ चैत्र । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन महासचिव माधव कुमार नेपाललाई पराजित गरेर चर्चित बनेका एमाओवादी नेता झक्कु सुवेदीका छोरा सन्तोष सुवेदीले पार्टी छोडेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि विप्लव नेतृत्वको माओवादीमा प्रवेश गरेको बताएका छन् ।
सुवेदीले एमाओवादी एमालेको पथमा हिडेकाले आफुले त्यो पार्टी छोडेको पत्रकार सम्मेलनमा बताए । ‘शहिदका सपना छोडेर एमाओवादी संसदवादमा रमायो अबको क्रान्तिको नेतृत्व चन्दले नेतृत्व गरेको माओवादीले गर्ने देखेर मैले पार्टी छाडेको हुँ ।’
उनलाई जनसरकार प्रमुख सन्तोष बुढामगरले अविर माला लगएर स्वागत गरेका थिए ।