कञ्चनपुर, २७ चैत । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१ मा रहेको अल स्टार युवा क्लबमा आबद्ध युवाले इन्टरनेटबाट यात्रु प्रतीक्षालय निर्माण गर्न आर्थिक सङ्कलन गरेका छन् ।
विदेश र स्वदेशका युवाबाट इन्टरनेटका माध्यमबाट क्लबमा आबद्ध युवाले रु एक लाख १७ हजार ९३५ सहयोग रकम सङ्कलन गरेका हुन् ।
क्लबका अध्यक्ष मिलन शाहले सङ्कलित रकमबाट कालिका मन्दिरनजिकै यात्रु प्रतीक्षालय निर्माण गर्ने योजना बनाइएको बताए । “रकम सङ्कलनको क्रम जारी रहेकाले अरु रकम गाँउको विकास निर्माणका कार्यका लागि प्रयोग गर्नुका साथै बालबालिकाका लागि खेल मैदान निर्माणसँगै खेल सामग्री पनि उपलब्ध गराउनेछौँ”–उनले बताए ।