कुटपिटबाट मजदुरको मृत्यु

diyopost.com
bestnp  शनिबार, चैत्र २७, २०७२ | ७:४६:५७

महोत्तरी, २७ चैत । साहुको कुटपिटपछि गम्भीर घाइते भएका एक मजदुरको मृत्यु भएको छ ।

हातिलेट–२ का पवन बस्नेतको कुखुरा फर्ममा वर्षौदेखि मजदुरी गर्दै आएका स्थानीय २५ वर्षीय बिजुलीकुमार सदाको कुटपिटबाट मृत्यु भएको हो । केहीदिन अगाडि साहुसँग सामान्य विवाद हुँदा दुवैजना बीच कुटाकुट भएको थियो । सोही क्रममा साहुको कुटाइबाट गम्भीर घाइते भएको सदाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुखुरा फर्मका धनी पवन फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । मृतकको शव परीक्षणका लागि जलेश्वर ल्याउने तयारी भइरहेको छ ।

सम्बन्धित खबर