अरविन्द केजरीयालमाथि जुत्ता प्रहार

दियो पोस्ट  

एजेन्सी, २७ चैत्र । दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीयालमाथि जुत्ता प्रहार भएको छ । पत्रकार सम्मेलनका क्रममा आम आदमी पार्टीका नेता केजरियाल माथि एक व्यक्तिले जुत्ता प्रहार भएको हो  ।
ओल्ड इभन योजनाबारे जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनको क्रममा बोलिरहेका केजरियालमाथि जुत्ता प्रहार भएको थियो । घटनापछि पत्रकार सम्मेलनमा खैलाबैला मच्चिएको थियो ।
जुत्ता हान्ने आम आद्मी सेना नामको संस्थाका सदस्य वेद प्रकाशलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको टाइम्स अफ ईन्डियाले जनाएको छ ।