भारतको एक मन्दीरमा आगलागि, १०२ जनाको ज्यान गयो

दियो पोस्ट  

एजेन्सी,२८ चैत । केरलाको कोल्लम जिल्लाको एक मन्दिरमा आगलागि हुदा १०२ जनाको ज्यान गएको छ । २०० जना भन्दा बढी घाइते भएका कोल्लमका प्रहरी अधिकारीले बताए

कोल्लमबाट २५ किमि टाढा रहेको दुर पारावुर स्थिति पुत्तिंगल देवि मन्दीमा पटाखाराखेको ठाँउमा आगो लाग्दा आगलागि भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केरला जादै छन् । उनले यसबारेमा ट्वीट गरेर जानकारी गरेका छन् । उनले केन्द्रीय मन्त्री जेपी नड्डालाई तुरुन्त घटना स्थल जान पनि भनेका छन् ।
उनले लेखेका छन् मैले मुख्यमन्त्री ओमेन चांडीसंग कुरा गरेको छु । घाइतेहरुलाई हेलिक्पटरबाट तुरुन्त शिफ्ट गर्ने बन्दो बस्त मिलाइएको छ ।
प्रधानमन्त्री कार्यलयले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई पचास हजार दिने घोषणा गरेको छ । कोल्लमको मन्दीमा आगलागीबाट भएको दुःखद दुर्घटना हो । मेरो संवेदना मृतक परिवारका साथ छ । घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्छु ।
व्याङलोर स्थित वरिष्ठ पत्रकार इमरान कुरैशीका अनुसार एक सरकारी अधिकारीले नाम नबताउने सर्तमा भनेकि मर्नेहरुको संख्या बढ्ने संभावना छ । राज्यका गृहमन्त्री रमेश चेन्नितलाले भने कि यस दुर्घटनाको न्यायीक जांचको आदेश दिइ सकियो ।
मन्दीरको बार्षिकोत्सव समारोहको समापनमा भएको आतिसवाजीले बिहान ३ बजे यो दुर्घटना भएको थियो ।
कोल्लमका जिल्ला अधिकारी ए शाइनामोलले बीबीसीलाई भनेका छन् कि मन्दीरमा आतिशबाजीको अनुमति दिइएको थिएन । अर्का सरकारी अधिकारीले भनेका छन् कि केरलाका मन्दीरहरुमा एकले अर्को मन्दीरभन्दा बढी पटाखा पटकाउने होडबाजी चलाएका छन् । यहि कारणले कसैले पनि सरकारबाट अनुमति लिदैनन ।
प्रहरी र जिल्ला प्रशासनका अधिकारीले भनेका छन् कि आतिशबाजीको समयमा केहि आगाका झिल्का पटाखा राखेको ठाँउमा पुगेपछि आग लागेको हो ।
यसकारण भिषण विस्फोट भयो । जसको कारणले नजिक भएको देवासम बोर्डको कार्यलय भएको भवन ढल्यो । भवन ढल्दा कयौ मान्छेहरु च्यापिएर ज्यान गयो ।
एक पत्रकारले भनेका छन् राहत र उद्धारमा समस्या आएको छ । मृतक र घाइतेको पहिचान हुन सकेको छैन ।
गंभिर घाइतेहरुलाई कोल्लम भन्दा ६५ किमि टाढा त्रिवेन्द्रम लगीएका छन् ।