मध्यपुर थिमिको मौलिक बिस्केट जात्रा

diyopost.com
bestnp  सोमबार, चैत्र २९, २०७२ | ६:५४:५८

भक्तपुर, २९ काठमाडौं । मध्यपुर थिमि बोडेमा वैशाख २ गते धुमधामका साथ मनाइने जात्रा हो जिब्रो छेड्ने जात्रा । विगतमा जस्तै यसवर्ष पनि बोडेका युवा जुजुभाइ बास श्रेष्ठले जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिने भएको छ । जुजुभाइले जिब्रो छेड्न लागेको यो आठौं पटक हो ।

बोडेमा जिब्रो छेड्ने जात्रा करिव ११÷१२ बजेतिर पाचो गणेशको पूर्वपट्टि रहेको (बोडे उच्च माविको उत्तरपट्टि) मञ्चबाट सुरु हुन्छ । जिब्रो छेड्ने कर्मी नाइके र नाइके प्रधानको उपस्थिति भएपछि नाय्खिं बाजा बजाएर सुइरो बनाउने नकर्मीलाई डाक्न पठाइन्छ । एक महिनासम्म तेलमा डुबाएर राखेको सुइरो (जिब्रो छेड्ने सियो) सहित नकर्मी मञ्चमा आउँछ र पुनः नाय्खिं बाजासहितको टोली जिब्रो छेड्ने व्यक्तिलाई तीन पटकसम्म बोलाउन जान्छ । अन्तमा जिब्रो छेड्ने व्यक्ति परम्परागत पोसाकमा मञ्चमा आउँछ ।

नाइके प्रधानले पूmल, अक्षता र पैसासहित दिएको सुइरो (नातुबाट कर्मी नाइकेले सम्पूर्ण देवतासँग प्रार्थना गरी जिब्रो छेडिदिन्छ । त्यसपछि भ्यय् (जिब्रो छेड्ने व्यक्तिले बोक्ने चन्द्राकारको बत्ती वा महादीप) बालिन्छ । नाय्खिं बाजाको साथमा जिब्रो छेड्ने व्यक्ति उक्त भ्यय् बोकेर स्थानीय लाछिबाट लाय्कु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमा गरी स्थानीय महालक्ष्मी मन्दिरमा पुग्छ जहाँ जात्रा गरी महालक्ष्मी स्थान पु¥याइएको पाचो गणेशको रोहवरमा कर्मी नाइकेले सुइरो निकालिदिन्छ र प्वाल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिन्छ । निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोकिदिन्छ । अन्तमा जिब्रो छेड्ने व्यक्तिले नाटेश्वरको पूजा गर्छ र जात्रा विसर्जन हुन्छ ।

जिब्रो छेड्नेले व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र आइमाईलाई छुन नहुने परम्परा रहेको छ भने छोएमा जिब्रोे छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने विश्वास रहेको पाइन्छ । स्थानीय श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्न पाउँछ ।

सम्बन्धित खबर