बर्दिया साक्षर जिल्ला घोषणा

दियो पोस्ट  

कुशुम विक
बर्दिया,  २९ चैत्र । बर्दिया जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम गरि शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले बर्दिया जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । सो अवसरमा मन्त्री पोखरेलले अन्य जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गरिने जनाकारी दिए । उनले प्राथामिक तहदेखि नै प्राविधिक शिक्षा लागु गर्ने सोचमा सरकार लागेको जानकारी दिए ।
त्यस्तै साक्षर बर्दिया घोषणामा सिमित नराख्ने जिल्ला शिक्षा अधिकारी जितबाहादुर शाहले बताए । ‘साक्षर बर्दियालाई टिकाउन र जिवन सापेक्ष बनाउन यस सम्वन्धि निति र कार्यक्रमहरु लागु गर्ने प्रतिवद्धता व्समेत साहले व्यक्त गरे । नेपाल सरकारले १५ वर्ष देखि ६० वर्ष सम्मका नागरिकलाई साक्षर बनाउने उदेश्य अनुरुप बर्दियामा पनि साक्षरता अभियान संचालन गरेको हो ।
जिल्लामा १५ वर्ष देखि ६० वर्ष सम्मका ९६.४१ प्रतिशत नागरिक साक्ष्ँर भैसकेको शाहले जनकारी दिए ।
२०७२ साल फागुनमा गरिएको सर्वेक्षणको आधारमा जिल्लाको कुल जनसङख्या ४ लाख ७० हजार ६ सए ८९ रहेको देखिन्छ जसमा महिलाको सङख्या २ लाख ३६ हजार २ सए ७२ र पुरुषको सङख्या २ लाख ३४ हजार ४ सए १७ रहेको छ । १५ देखि ६० वर्षको मात्र कुल जनसङख्यालाइ आधार मानेर जिल्लालाइ एक समारोहका विच साक्षर जिल्ला घोषणा हो ।

तस्बिर : कुशुम बिक/दियोपोस्ट
यस निति अनुसार हरेक नगरपालिका र गाउ पालिकाले दिने सस्थागत सेवा र सुविधाहरुमा साक्षर हुनुपर्ने उमेर समुहका व्यक्ति साक्षर भएमा मात्र प्राथमिकता पाउनेगरी निति बनाइ लागु गरिने छ । साथै हरेक विद्यालयले आफनो विद्यालय सेवा क्षेत्र भित्रका निरक्षर अभिभावकहरुलाइ घर दैलो भर्ना कार्यक्रममा नै निरक्षरता पहिचान गरि सुचिकृत गर्ने र तिनलाइ विभिन्न उपायद्धारा साक्षर बनाउने निति अवलम्वन गरिने जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।
 

सम्बन्धित खबर